सीएमसीका मेडिकल विद्यार्थी र अभिभावक फेरि आन्दोलित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ आश्विन २०७६, मंगलवार ०४:०५

मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै शुल्क फिर्ताका लागि विद्यार्थीहरु भदौदेखि नै आन्दोलन गर्दै आएका थिए । विद्यार्थीको आन्दोलन पछि सरकारले मेडिकल कलेजलाई बढी लिएको शुल्क एक महिनाभित्र फिर्ता गर्न निर्देशन दिएको थियो।

सरकारको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यलय चितवनले अभिभावक, विद्यार्थी, कलेज प्रशासन र जिल्ला प्रशासन कार्यलयका पदाधिकारीको समिति बनाएर कलेजले बढी लिएको शुल्कको विवरण तयार पार्ने सहमति गरिएको थियो ।

सहमतिपछि सीएमसीका आन्दोलनरत विद्यार्थीहरुले आन्दोलनका कार्यक्रमहरु स्थगित गरेपनि मेडिकल कलेजले बढी शुल्क लिएको विवरण नै तयार पार्न नमानेपछि विद्यार्थीहरु पुनः आन्दोलित भएका हुन् ।

मेडिकल कलेजले शुल्क फिर्ताका लागि प्रतिवेदन तयार पार्नै अवरोध गरेको भन्दै विद्यार्थीहरुले सोमबार बिहान ११ बजे सिएमसीको प्रवेशद्धारमै नाराबाजी गरेका थिए ।

आन्दोलनरत विद्यार्थीहरुले सिएमसीले एमबीबीएस अध्ययनरत विद्यार्थीसँग १२ लाखसम्म र नर्सिङका विद्यार्थीसँग ६ लाख सम्म बढी शुल्क लिएको दाबी गर्दै आएका छन् । उनीहरुले २०७४ साल यता सीएमसीले ४५ करोड बढी शुल्क लिएको विद्यार्थीहरुको दाबी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१