चार हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ आश्विन २०७६, मंगलवार ०४:०१

काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ मा करिब चार हजारभन्दा बढी निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् ।

राष्ट्रिय किताबखाना (निजामती)का निर्देशक राजेन्द्र पराजुलीले चार हजार २९८ जना कर्मचारीले सम्पत्ति विवरण नबुझाएको जानकारी दिए ।

आव शुरु भएको ६० दिनभित्र सबैलाई भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउने समयसीमा तोकिए पनि कर्मचारीले विवरण बुझाएका छैनन् ।

भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले आर्थिक वर्ष शुरु भएको ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारका नाममा रहेको सम्पत्तिको विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

निर्देशक पराजुलीले अझ एक महिना विशेष परिस्थतिका लागि सम्पत्ति विवरण बुझाउन समय दिइएको बताए । गत वर्ष ८४ हजार ४ सय कर्मचारीले सम्पत्ति विवरण बुझाएका थिए । ऐनअनुसार सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पाँच हजार जरिवाना गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१