युएईमा भएको सवारी दुर्घटनामा ६ नेपालीसहित ८ मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ आश्विन २०७६, मंगलवार ०३:५६

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा भएको सवारी दुर्घटनामा ६ नेपालीसहित ८ जनाको मृत्यु भएको छ ।

स्थानीय समयानुसार बिहान ४ बजे ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फस्र्ट सेक्युरिटी ग्रुपको मिनिबस एक लरीसँग ठोक्किएर दुर्घटना भएको हो ।

१४ सिटे उक्त मिनिबस दुर्घटनामा मृत्यु हुनेमा ६ जना नेपालीका साथै एक–एक पाकिस्तानी र भारतीय नागरिक रहेको युएईको अनलाइन गल्फ न्यूजले उल्लेख गरेको छ ।

दुर्घटनामा नेपाली नागरिक रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायप्रसाद पोखरेल, दीपक विक र नयराम साउदको मृत्यु भएको नेपाली दूतावासले जानकारी दिएको छ ।

उनीहरुको नेपालस्थित ठेगाना भने खुल्न बाँकी छ । दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य रहेको छ । घाइते हुनेमा एक बंगलादेशी र पाँच भारतीय नागरिक छन् ।उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१