छालामा आएको परिवर्तनले बताउँछ तपाईंको स्वास्थ्य कस्तो छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ आश्विन २०७६, सोमबार ०४:१९

यदि तपाईको छाला चम्किलो हुनुका साथै छालामा साथै गुलावी रंगको आकर्षक देखिन्छ भने तपाई धेरै स्वास्थ हुनुहुन्छ । तपाईं स्वास्थ हुनुका साथै आफ्नो छालाको पनि राम्रो ध्यान दिनु हुन्छ भन्ने प्रमाणित हुन्छ । -यदि तपाईको छालामा चाया, दाग, रुखोपन आदि छ भने तपाईंको शरीरमा भिटामिन, क्याल्सियम,आयरन आदिको कमिका साथ-साथै अन्य धेरै समस्यातिर संकेत गर्छ -तपाईको शरीरमा पोषक तत्वको कमि हुन थाल्यो भने तपाईंको प्राकृतिक सुन्दरता प्रभावित हुनुको साथ-साथै छालाको रंगमा पनि परिवर्तन आउन थाल्छ । छाला सुख्खा र पहेंलो देखिन्छ । -यदि तपाईंको छालाको चमक फिक्का छ, अनुहार तेजिलो नहुनु, निधारमा धेरै रेखाहरु आउनले तपाई अति तनावमा हुनु हुन्छ भन्ने प्रष्ट पार्छ । समस्याले मनको धड्कन बढ्नु, अनुहारमा धर्सा देखिनु, निद्रा नलाग्ने जस्ता समस्याहरु देखिन थाल्छ । -जसरी मन-मस्तिष्कको एक-अर्कासंग सम्बन्ध हुन्छ, त्यस्तै छाला र तनावको पनि एक अर्कासंग गहिरो सम्बन्ध हुन्छ । यदि तपाईं चिन्ता गर्नुहुन्छ, तनावग्रस्त हुनुहुन्छ, डिप्रेशनको शिकार हुनुहुन्छ भने यी सबैको सोझो असर तपाईंको छालामा पर्छ । छालाको रंग परिर्वतन हुन थाल्छ । यी कारणहरुले शरीरमा धेरै प्रकारको नकारात्मक प्रभाव पनि पर्न थाल्छ ।

-यदि अनुहारमा कालो दाग र पोतो देखिएको छ भने ती कुराहरुले पनि समस्याको संकेत गरिरहेका हुन्छन् । यदि पुरुषको छाती र ढाडमा स-साना बिमिरा, कोठि छ भने त्यसले पनि तपाईं समस्यामा भएको संकेत गर्छ । तनाव, चिन्ताको कारण शरीरमा कार्बोहाइड्रेटको मात्रा बढ्छ, जसले इन्सुलिनलाई प्रभावित गर्छ । त्यसको कारणले वजन बढ्छ र स-साना कोठिहरु देखिन थाल्छ ।
-प्रायः धेरै महिलाहरुलाई महिनावारी हुँदा गालामा पोतो देखिन थाल्छ । यदि तपाई त्यो समयमा धेरै तनावग्रस्त हुनु भयो भने छालामा पोतो धेरै देखिन्छ । त्यसले तपाईलाई थप पीडा दिन थाल्छ ।-छाला धेरै रुख्खा हुनु, चिलाउनु आदि एलर्जी हुनुका संकेतहरु हुन् ।-अनुहार धेरै चाउरीन थालेको छ भने भिटामिन ई को कमी भएको हुनसक्छ ।्-आयोडिनको कमी भयो भने आखा सुनिन थाल्छ ।-यदि तपाईको शरीरमा पानीको कमि भएमा ओठ सुख्खा हुन थाल्छ ।-यदि तपाईको गिजाबाट रगत निस्कन थालेको छ भने तपाईंलाई एसिडिटीको समस्या हुन सक्छ ।-यसैगरी यदि शरीरमा आइरनको कमि भयो भने ओठ फुट्न थाल्छ ।

शरीरमा आइरनको मात्रा बढाउनका लागि मुसुरोको दाल सेवन गर्नुपर्छ ।-यदि तपाईंको कपाल टुक्रने र नङ भाँचिने अथवा चिरिने समस्या छ भने यो बायोटिनको कमिको कारण हुने गर्छ । शरिरमा बायोटिनको कमी भएको छ भने गोलभेडा, भटमास, अण्डाको सेवन गर्नु पर्छ । -यदि तपाईको निधार, मुटु, पिसाब तथा सानो आन्द्रामा केही समस्या छ भने आँखाको तल्लो भागमा कालो दाग देखिन थाल्छ । यस्तो न्यूटि्रशनको कमिका कारणले हुन्छ । यदि निधार रातो हुने र छालामा पत्र देखिन्छ भने तपाईंको पाचन प्रकृया राम्रो छैन भनेर बुझ्दा हुन्छ ।-पाचन प्रकृया राम्रो बनाउनका लागि धेरै पानी पिउनु आवश्यक छ । पानीले तपाईंको शरीरमा भएको सबै टक्सिनहरु बाहिर निकालिदिन्छ र तपाईंको पाचन प्रकृयालाई राम्रो बनाइदिन्छ । राम्रो पाचन प्रकृयाका लागि राम्रो निद्रा पनि आवश्यक छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१