खोकीको आषधि चकलेट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ आश्विन २०७६, सोमबार ०४:१४

मौसम बदलिएसँगै मानिसहरुलाई धेरै प्रकारको संक्रमण हुने गर्छ । संक्रमणका कारण अधिकांश मानिसमा घाँटी सुख्खा हुने, चिलाउने, खसखस हुने, जस्ता समस्या देखा पर्न थाल्छ । घाँँटीमा संक्रमण भएसंगै लाग्ने खोकीलाई साधारण रुपमा लिएपनि यसले मानिसको दैनिक जीवनमा धेरै असहज र काममा समेत अवरोध पुर्याउने गरेको देखिन्छ । लगातार खोकिरहँदा घाँटी, छाती, पेट तथा भित्री अङ्गहरुमा समेत दुखाइ बढ्दै जान्छ र औषधि खाँदासमेत धेरै दिनसम्म खोकी निको हुन निकै समय लाग्न सक्छ । यस विषयमा बेलायती चिकित्सकहरुले गहिरो अनुसन्धानपछि बिरामीलाई खोकीको औषधिभन्दा पनि चकलेट खाए चाँडो ठीक हुने सुझाव दिने गरेका छन् । अन्य डार्क चकलेट भन्दा पनि दूधले बनेका ‘मिल्क चकलेट’ यसमा बढी प्रभावकारी हुने देखिएको छ ।

हालै १६३ बिरामीमा गरिएको एउटा अनुसन्धानपछि चकलेटमा पाइने कोकोले दुई दिनमै बिरामीको खोकीमा निकै ठूलो सुधार ल्याएको पत्ता लगाइएको छ । अनुसन्धानपछि युनिभर्सिटी अफ हलका प्रोफेसरले चकलेटले वास्तवमै खोकी कम गराउन सक्ने दाबीसमेत गरेका छन् । कोकोमा हुने ‘थिओब्रोमाइन’ नामक पदार्थले खोकीलाई दबाउन सक्ने क्षमता राख्ने अनुसन्धान कर्ताहरुको भनाइ रहेको छ । ‘थिओब्रोमाइन’ पदार्थ चिप चिप टासिने किसिमको हुने हुँदा त्यसले घाँटीको नर्भहरुमा पुग्दा एउटा बाक्लो लेयर बनाउने गर्छ ।

उक्त लेयरका कारणले बिरामीले खोक्नु पर्ने महसुस नहुने गरेको पाइएको छ । महमा पनि यसै प्रकारको टासिने पदार्थ हुने भएको कारणले मह र कागतीको सिरपलाई पनि खोकीको राम्रो उपचारका रुपमा लिइने गरिन्छ । अझ, मह र कागतीको सिरपभन्दा पनि चकलेटले अझ चाँडो खोकी ठीक गर्न सक्ने देखिएको छ । खोकीको औषधि भन्दा कोकोले छिटै राहत दिलाउन सक्ने भन्ने विषयमा वैज्ञानिकहरुले थप अनुसन्धान गरिरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१