चम्पादेवीको उत्पत्ति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ आश्विन २०७६, सोमबार ०४:१२

द्वपरयुगको अन्त्यमा कनकमुनि बुद्ध र उनका शिष्यहरु तत्कालिन कालि दह (काठमाडौं रहेको स्थान) को उत्तर तर्फ रहेको (नार्गजुन डाँडा) नगरचे डाँडामा बसेर तपस्यामा लिन भएको अवस्थामा डाँडाको सिरो भागमा रहेको स्थानबाट कमलका पातहरु टिप्दै कालि दहमा फ्याँक्दै गर्दा एक हजार कमलका पातहरु फ्याँकेपछि त्यसवाट स्वयम्भू जोतिर्लिङ्ग (हालको स्वयम्भूको डाँडो) उत्पन्न भई सो जोर्तिलिङ्गमा महादेवको शक्ति समेत बिराजमान हुनुभएको थियो ।

पछि पार्वती समेत सोे स्थानमा राजहंसका रुपमा अउनु भयो र नजिकै रहेको कालि दशमा महादेव र पार्वती जोडि रुपमा जलकृडा गर्न थाल्नु भयो । यसरी महादेव र पार्वती जलकृडा गरेको देखेर महादेबका अन्य भक्त बाँडासूर पनि उक्त कालि दहको सिरो भागमा रहेको रुद्गारेश्वर डाँडा (भस्मासूर डाँडा)मा आई ताण्डव नृत्य समेत गरि शिवको स्तुति र तपस्या समेत गर्न थाल्यो ।

यसरी आफ्नो परम भक्तले तपस्या गरेको देखेर महादेब पार्वती समेत भई सोहि रुद्गगारेश्वर डाँडामा पुगि इच्क्षा सिद्धिको बरदान दिनु भयो । बाँडासूरले पनि आफूले सो स्थानमा राज्य गर्ने अनुमति पाँउ भनि वरदान मागेकाले महादेवबाट इच्क्षा सिद्धिको बरदान पाए पछि मडिपुर नामको राज्य स्थापना गरि सासन सञ्चालन गर्न थाल्यो । त्यस पछि बाँडासुरले बारम्बार महादेव र पार्वतीलाई स्वयम्भू जोतिर्लिङका रुपमा पाई पूजा गरेको र आफ्नो राज्यमा बारमबार आउन अनुरोध गरेकाले महादेव बाँडासुरको दरबारमा जानु भयो । त्यहाँ जाने क्रममा बाँडासुरको छोरी उषा मैयाँले पार्वतीलाई सोहि स्थानमा बस्न आग्रह गरेकि हुदा पार्वतिले कुनै समय तिम्रो इच्क्षा पूरा गरौला भनि वचन दिनुभएको थियो । उषा मैयाँलाई वचन दिइको हूँदा उनको पून अनुराोधमा रुद्र गारेस्वर डाँडा अगाडि रहेको डाँडोमा चंपाको रुखको फेदमा उषा मैयाँले फुल टिपि पुजा गरि खेल्ने गरेको स्थानमै पार्वति शिलाको रुपमा विराजमान हुनुभयो । चंंपाको फेद मुनि बिराजमान हुनु भएकि पार्वतीलाई तत्कालिन समयमा चम्पकादेवी, चम्पनादेवी र कालान्तरमा अपभ्रम्स भई चम्पादेविको नामले प्रख्यात समेत हुनुभयो । उषा मैयाँको ईच्क्षा सिद्धि गराउने चम्पादेवीको दर्शन पुजन जो भक्तले गर्दछ त्यसको सम्र्पूण ईच्क्षा सिद्धि हुने कुरा नेपाल माहातम्यमा पनि वर्णन गरिएको पाईएको कुरा नवराज अधिकारी ज्यूले बताउनु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१