छालामा अचानक निलो दाग देखिन्छ भने हेलचेक्राइँ नगर्नुस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ आश्विन २०७६, सोमबार ०४:०९

हाम्रो शरीरको विभिन्न ठाउमा कहिले कहिँ अचानक रगत जमेको जस्तो निलो दागहरु देखिने गर्छ । यस्तो निलो दाग न चोटपटक न कुनै बाहिरी कारणले नै हुने गर्छ । राती केहि चाल नपाई गहिरो निन्द्रामा सुतेको वा धेरै सुतेको व्यक्तिको शरीरमा यस्तो दाग अचानक देखिन सकिन्छ, बिस्तारै पर्पल र गहिरो रङ भएर जान्छ र केहि दिनमा आफै निको हुन्छ । शरीरमा अचानक यसप्रकारको निलो दाग देखिएमा, बोक्सीले टोकेको एउटा अन्धविश्वास समेत रहेको देखिन्छ ।

छालको कुनै भागमा चोट लाग्दा वा कतै ठोक्किदा रक्त नलिमा क्षति पुग्न गइ ठोकिएको भागमा निलो दाग देखिने गर्छ । चोट लाग्दा वा अन्जानमा ठोकिदा उक्त ठाउँमा रगत जम्ने गर्छ र यस्तो निलो दाग बस्न जान्छ । तर, कहिले काही विना चोटपटक पनि हाम्रो शरीरमा यस्तो दाग हुने गर्छ । बंशाणुगत कारणले पनि छालामा यस्तो निलो दाग देखिन सक्छ । हाम्रो शरीरमा रगत उत्पादन गर्ने क्षमता कमजोर भएको खण्डमा पनि शरिरमा निलो दाग देखिन सक्छ । धेरै जसो भिटामिन सी, के र मिनरलले तरल पदार्थबाट रगत बनाउने र चोट लागेको ठाउँमा रगतपूर्ती गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्छन् । त्यसैले शरीरमा भिटामिन तथा मिनिरलको कमी हुँदा छालामा यस्तो निलो दाग देखिने गर्छ । शरीरमा आइरनको कमीले एनिमियाको समस्या हुन सक्ने भएकोले आइरनको कमीले पनि शरीरमा निलो दाग देखिने महत्वपूर्ण कारण मध्ये एक हो । बढी उमेरका मानिसमा वा बृद्धहरुमा यस्तो निलो दाग देखिने मुख्य कारण भनेको रक्तनलीमा लामो समयदेखि लगातार परेको सूर्यको किरण हो । यस्तो सुर्यको किरणले रक्तनलीलाई कमजोर बनाएर शरीरमा पहिले रातो र बिस्तारै निलो रंगको दाग बनाउने गर्छ ।

शरिरमा निलो दाग हुनुको अर्को मुख्य कारण भनेको हामीले अत्याधिक गरेको एक्सरसाइज पनि हुन सक्छ । आवश्यकता भन्दा बढी एक्सरसाइज वा बढी तौल उठाउने गर्दा मांशपेशीमा धेरै बल पर्न जान्छ र शरिरका विभिन्न भागमा निलो दाग देखिन थाल्छ । हाम्रो शरीरको कोलोजन नामक विकार तत्वको कारणले गर्दा हाम्रो कोशिका र रक्त नलीलाई कमजोर बनाएर रगत नलीलाई सजिलै टुटाउने गर्छ । जसले गर्दा शरिरका विभिन्न ठाउँमा निलो दागहरु देखिन सक्छ । हाम्रो शरीरमा प्रोटीनको तुलनामा रगतको कमी भएमा सानो चोटपटक तथा ठोकिएपछि अत्याधिक रगत बग्ने गर्छ र यस्तो समस्याबाट पीडित व्यक्तिलाई सानो मात्र चोट लाग्दा पनि ठूल्ठूला निला दाग हुने गर्छ । रगत पातलो बनाउने औषधीको तथा माछाको तेल, धेरै लसुनको सेवन तथा विभिन्न खानेकुराको प्रयोग गर्दा हाम्रो रगतलाई जम्नबाट रोक्ने काम गर्छ र हाम्रो शरीरमा यस्तो समस्याहरु देखा पर्न सक्छ । क्यान्सर भएको बेलामा र क्यान्सरको उपचार गर्दा गरिने किमोथेरापीका कारणले शरिरमा पटक पटक निलो दाग देखिने गर्छ । शरीरमा धेरै जसो निलो दागहरु देखा पर्ने गर्छ भने यसलाई हेलचक्राई गर्नु हुँदैन । यस्तो दागहरु हाम्रो शरीरमा क्यान्सरको संकेत समेत हुन सक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१