बालविकासका शिक्षिकाहरु तीन दिनदेखि धर्नामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ आश्विन २०७६, सोमबार ०३:५६

कञ्चनपुर । कञ्चनपरका सामुदायिक विद्यालयमा कार्यरत बालविकासका शिक्षिकाहरु तलब वृद्धिको माग राख्दै धर्नामा बसेका छन् ।

तीन दिनदेखि बालविकासका शिक्षिकाहरू आफूहरूले राखेका माग पूरा गर्नका लागि दबाब दिन भीमदत्त नगरपालिका कार्यालयमा धर्नामा बसेका हुन् ।

सरकारले चालु आर्थिक वर्षमा अन्य सरकारी कर्मचारी एवं शिक्षकको तलव वृद्धि गरेको थियो । तर बालविकासका शिक्षिकाहरूको तलव वृद्धि भएको थिएन । उनीहरूले आफूमाथि सरकारले पक्षपात गरेको र आफूहरूको तलब पनि वृद्धि गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।

नेपाल बालविकास शिक्षक संघर्ष समिति भीमदत्त नगरका अध्यक्ष दुर्गा विष्टले देशका तीन तहका सरकार हुँदा पनि आफूहरूको पीडा नबुझेकाले नजिकको सरकार भीमदत्त नगरपालिकामा आएर आन्दोलन गरिरहेको बताइन् ।

मासिक रूपमा पाउँदै आएको छ हजार तलवले घर खर्च चलाउन नसकिने उनको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१