भत्ता नपाएपछि चार खेलाडीद्वारा अन्तर्राष्ट्रिय खेलकुद संघमा निवेदन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ आश्विन २०७६, सोमबार ०३:५३

काठमाडौं । सरकारले खेलाडीलाई उपलब्ध गराउँदै आएको मासिक भत्ता कार्यक्रममा आफूहरुलाई नसमेटिएको भन्दै चार जना ओलम्पियन खेलाडीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

पूर्व खेलाडीहरु बैकुण्ठ मानन्धर, संगिना वैद्य, दीपक विष्ट र राजेन्द्र भण्डारीले ओलम्पियन भत्ताका लागि पहल गरिदिन आग्रह गर्दैै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघसमक्ष निवेदन पेस गरेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले ओलम्पिकमा भाग लिने तथा दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउँदै आएको छ ।

खेलाडीका लागि मासिक भत्ता दिने परम्पराको सुरुवात भएकोमा सम्पूर्ण खेलाडीका तर्फबाट सरकारलाई धन्यवाद दिँदै चार ओलम्पियन खेलाडीले आफूहरुलाई पनि उक्त कार्यक्रममा नछुटाउन आग्रह गरेका छन् ।

चार जनाको हस्ताक्षर रहेको निवेदनमा मासिक भत्ता कार्यक्रमले खेलाडीमा देशका लागि आफूले केही गर्न सकेकोमा गर्वको अनुभूति प्रदान गर्ने उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१