पारसले ऐतिहासिक शतक बनाउँदा नेपालको शानदार जित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ आश्विन २०७६, आईतवार ०५:११

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले सिंगापुरविरुद्ध त्रिकोणात्मक सिरिजको खेलमा सानदार शतक प्रहार गरेसँगै नेपालले ९ विकेटको जित दर्ता गरेको छ ।

कप्तान पारस खड्काले विस्फोटक व्याटिङ गर्दै शतक प्रहार गरेसँगै नेपालले टि-२० अन्तर्राष्ट्रिय इतिहासमा पहिलो शतक बनाएको छ ।

पारस ५२ बलमा १०६ रन बनाउँदै अभिजत रहे । उनले ९ छक्का र ७ चौक प्रहार गरेका थिए ।

सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य पक्ष्याएको नेपालले १६ ओभरमा लक्ष्य पूरा गरेको हो । पारसलाई आरिफले ३९ रन जोड्दै साथ दिए ।

त्यसअघि ओपनर इशान पाण्डेलाई दोस्रो ओभरको तेस्रो बलमा जनक प्रकाशले ५ रनमा एलवी डब्लू आउट गरेका थिए । पारस र आरिफले उत्कृष्ट साझेदारी गर्दै नेपालको जित पक्का गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१