ड्रेसका कारण ‘ट्रोल’ भइन् करीना कपूर, फ्यानले गरे आश्चर्यलाग्दा कमेन्ट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ आश्विन २०७६, आईतवार ०५:०७

मुम्बई । करीना कपूर बलिउड उद्योगमा आफ्नो लूकका कारण प्रायः चर्चामा रहने गर्छिन् । उनले आफ्नो ड्रेसअपका लागि लाखौँ रुपैँया खर्च गर्ने गर्छिन् ।

करीना आजभोलि ‘डान्स इन्डिया डान्सः सिजन ३’ मा देखिएकी छिन् । यो शोमा करीना प्रायः आफ्नो स्टाइल र फेसन सेन्सका कारण चर्चामा हुन्छिन् । यो वर्ष पनि करीना कूल देखिएकी थिइन् ।

करीनाका केही तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । तस्वीरमा करीना फेसन डिजाइनरका साथ देखिन्छिन् । गाउनमा देखिएकी करीनाले ज्वेलरीका नाममा एउटा नेकलेस लगाएकी थिइन् ।

करीनाको यो लूकको तारिफ भएको छ । तर केहीले भने उनलाई ‘ट्रोल’ गरेका छन् । उनको ड्रेसअपको मजाक बनाउँदै कति युजर्सले कमेन्ट गरेका छन् । एक प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘जमिनमा घस्रिएको करीनाको ड्रेस देख्दा लाग्छ, कि उनी स्वच्छ भारत महान अभिनयमा जाँदैछिन् ।’

प्रयोगकर्ताले अन्य पनि रमाइला कमेन्ट गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१