महांलक्ष्मी विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई शैक्षिक सामग्री हस्तान्तरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ आश्विन २०७६, आईतवार ०४:५१

नुवाकोट । नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नं १ कागतीगाऊँ मंगटाटोलका महांलक्ष्मी आधारभुत विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

शनिबार किवानिस क्लव अफ कान्तिपुर काठमाडौंले शैक्षिक सामाग्रीहरु (स्कुल व्याग, कापी, कलम) तथा हिमाल अस्पतालका चिकित्सकहरुबाट ‘दन्त परिक्षण सेवा’ उपलव्ध गराउंदै दन्त मंजन तथा व्रस निशुल्क प्रदान गरेका थिए ।

उक्त कार्यक्रमको प्रमुख अतिथि पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले यो क्षेत्रमा विकास निर्माणको लागि आफुले सहयोग गर्ने र फोहोर मैला व्यवस्थापनको लागि सम्वन्धित महानगरपालिकालाई पटकपटक जानकारी गराएको बताउंदै यसको दिर्घकालिन व्यवस्थापनको लागि पहल गर्ने वताए ।

यस विद्यालयमा शिशु कक्षा देखि ५ कक्षासम्म १ सय ३२ जना छात्र–छात्राहरु अध्ययनरत छन् । विगत वर्षमा झै यसवर्ष पनि शैक्षिक सामग्री प्रदान गरेको क्लवका अध्यक्ष उत्तम सिलवालले बताए । उनले विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनमा पनि सहयोग पुर्याउने वचनबद्धता व्यक्त गरे ।

त्यसैगरी किवानिस इन्टरनेशनल नेपालका ३ नं. प्रदेश दक्षिणका अध्यक्ष मनिषा विमलीले क्वलको बारेमा प्रकाश पार्दै किवाननिसले गरिब दीनदुःखीका बालबालिकाहरुको शिक्षामा हौसला प्रदान गर्दै शैक्षिक सामग्री प्रदान गर्ने गरेको बताइन् ।

स्कुलका प्रधानाध्यापक विक्रम श्रेष्ठले स्कुलको समस्याहरुको विषयमा जानकारी गराउंदै गतवर्ष जस्तै यसवर्ष पनि शैक्षिक सामाग्रीको अलावा दन्त शिविर संचालन गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिए ।

किवानिसका सदस्य राजनप्रसाद न्यौपाने, ककनी १ का वडाध्यक्ष चन्द्रवहादुर वलामी श्रेष्ठ, समाजसेवी रामकृष्ण श्रेष्ठ, जितबहादुर वलामी र अर्जुनप्रसाद न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१