दशैंका लागि नयाँ नोटको सटही शुरु, कुन–कुन ठाउँबाट पाइन्छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० आश्विन २०७६, शुक्रबार १२:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज १० गते अर्थात् आजदेखि दशैंका लागि नयाँ नोट वितरण शुरु गरेको छ ।

राष्ट्र बैंकले यसअघि नै सूचना जारी गर्दै दशैंका लागि नयाँ नोट दिने मिति सार्वजनिक गरेको थियो । केन्द्रीय बैंकका अनुसार दशैँका लागि एक जना व्यक्तिले १८ हजार ५ सय रुपैयाँ बराबरका मात्रै नयाँ नोट पाउनेछन् ।

एक जनाले पाँच, दश, बीस, पचास र एक सयका एक–एक बन्डलका दरले १८ हजार ५ सय रुपैयाँ बराबरका नोट साट्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

काठमाडौँमा राष्ट्र बैंकसहित सबै सरकारी बैंकका शाखा र नीजि बैंकका शाखासमेतबाट नयाँ नोट लिन सकिने छ ।

उपत्यकाबाहिर भने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग नेपालगञ्ज, पोखरा, धनगढी, विराटनगर, वीरगञ्ज, सिद्धार्थनगर र जनकपुरबाट नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

दशैंका लागि नयाँ नोट साट्ने अवधि असोज १७ गतेसम्मका लागि हुने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१