क्यान्सर केयर नेपालद्वारा डेंगुको सचेतना कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० आश्विन २०७६, शुक्रबार ०६:२९

काठमाडौं । साउनयता देशभरका विभिन्न जिल्लाहरुमा बढ्दै गएको डेंगुको संक्रमण बिस्तारै घट्दै गएको छ । तर मानिसहरुमा डेंगुको त्रास भने कम भएको छैन ।केही समयअघि सिरिन्ज आक्रमणको त्रास जस्तै अहिले डेंगुको त्रास मानिसहरुमा बढेको पाइन्छ ।

क्यान्सर केयर नेपालद्वारा आयोजना गरिएको डेंगु सचेतना कार्यक्रममा बोल्दै डाक्टर नबिन रौनियारले मानिसहरुमा डेंगु संक्रमण घेटेपनि त्रास नघटेको बताउँछन् । अहिले मानिसहरुको डेंगु एन्जाइटि थपिएको डा रौनियारको भनाइ छ ।

क्यान्सर केयर नेपालद्वारा राखिएको सचेतना कार्यक्रमको प्रमुख अतिथि समेत रहेका गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसेले आफुलाई डेंगु लागेको भ्रम परेर अस्पतालमा जाने, चिकित्सकले डेंगु छैन भने पनि पत्यार नलागेर अर्को चिकित्सकलाई चेक गराउन जाने, अनाबश्यक रगत परीक्षण गर्ने, रगतको रिपोर्ट नर्मल आएमा उक्त ल्याबमाथि शंका गर्ने अनि अर्को ल्याबमा रक्त परीक्षण गर्न जाने, औषधिको गुणस्तरमा शंका लाग्ने लगायतका गतिबिधि पनि यदाकदा भइरहेका छन् । यस्ता शंका उपसंका नगर्न समेत आम मानिसलाई आवान समेत गरेका छन् ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रबक्ता एबम ८ का वडा अध्यक्ष मनोज ढुंगाना,सुदर्शन सिग्देल,शाहाकारी अभियानका अध्यक्ष लगाएतले बोल्नुभएको थियो।


डाक्टर नबिन रौनियारले मानिसहरुमा डेंगु संक्रमणबारे यसो भने :

डेंगु संक्रमणको प्रकोपको कारण आम जनमानसमा लामखुट्टेले नटोके पनि टोके जस्तै चिटिचिटि दुख्ने, चिलाउने, टाउको दुखेजस्तो लाग्ने, नाप्दा तापक्रम ठिक्क भएपनि ज्वरो आएझैँ लाग्ने, जोर्नी तथा मांशपेशी दुखेजस्तो लाग्ने लगायतका लक्षणहरु देखिएका छन् ।

संगीतमा पनि लामखुट्टेको आवाज सुन्ने, झिंगा र भुसुनालाई पनि लामखुट्टे देख्ने, सपनामा पनि लामखुट्टे देख्ने आदि लक्षण धेरै व्यक्तिहरुमा पाइन्छ ।

जोसंग कुरा गर्दा पनि डेंगुका कुरा गर्ने, अनलाइन तथा पत्रपत्रिकामा डेंगुका समाचार मात्र पढ्ने, अनि ती समाचारमा थपथाप गरेर अरुलाई सुनाउने, डेंगी नियन्त्रण गर्न अरुले पहल नगरेको हुँदा भयाबह स्थिति आउने बारे चिन्ता गर्ने, सबै अस्पताल प्याक भए के गर्ने, रक्तश्राबजन्य डेंगी वा बेहोश हुने किसिमको डेंगी लागेर आफ्नो तथा आफ्ना परिवारजनको मृत्यु हुन्छ कि भनेर आत्तिने तथा आफुलाई असहाय अनुभव गर्ने लगायतका लक्षण पनि देखा परेका छन् ।

यसको निवारणको लागि आफन्त, मित्रमण्डली तथा चिकित्सक र स्वास्थ्यकर्मीको परामर्श आबश्यक हुन्छ, धेरै चिन्ता, शंका तथा असुरक्षा महसुष गरेमा मनोपरामर्शको सहयोग लिनुपर्ने हुन्छ ।

कार्यक्रमको स्वागत मन्तब्य बरिष्ठ पत्रकार मुकुन्द ढुंगानाले राख्नुभएको थियो भने कार्यक्रम संचालन महासचिब अजित शाह र ब्यबस्थापन कोषाध्यक्ष लाख्पा डोल्मा ह्याल्मुले गर्नुभएको थियो।

कार्यक्रममा १०० जना भन्दा बढीको उपस्थिति रहेको थियो भने कार्यक्रमको सभापति क्यान्सर केयर नेपालका अध्यक्ष सिता थापा भट्टराईले कार्यक्रमलाई समापन गर्नुभएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख ३१, २०८१