बाग्लुङ पञ्चकोट– दर्जन बढी हिमशृङ्खलाहरु अवलोकन गर्न पाइने मनोरम स्थल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७६, बिहीबार ०४:५०

बागलुङ । बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय गन्तव्य विश्व शान्ति सर्वसिद्धिधाम पञ्चकोटको अवलोकन गर्ने आन्तरिक पर्यटकको वृद्धि भएको छ ।

पञ्चकोटमा रहेका धर्मिक संरचनाको अवलोकनका लागि दैनिक सर्वसाधरणको बाक्लो उपस्थिति हुने गरेको छ । शनिवार र बिदाको दिन घुँइचो हुने गरेको छ ।

पञ्चकोट जिल्ला सदरमुकामबाट आठ किलोमिटरको यात्रामा पुग्न सकिन्छ ।

स्वामी कमलनयन आचार्य मुक्तिनाथ बाबा को पहलमा पञ्चकोटमा विभिन्न धार्मिक तथा पर्यटकीय संरचना निर्माणका लागि विसं २०७१ देखि वर्षेनी महायज्ञ सञ्चालन गरी आर्थिक सङ्कलन गरिदै आएको थियो ।

समुन्द्री सतहदेखि एक हजार १०० मिटरको उचाइमा अवस्थित पञ्चकोटबाट अन्नपूर्ण, धौवलागिरि, निलगिरिलगायतका दर्जन बढी हिमशृङ्खलाहरु देख्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१