सिंगापुर जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ आश्विन २०७६, बिहीबार ०४:४६

काठमाडौं । त्रिकोणात्मक शृङ्खला खेल्न सिंगापुर जाने नेपाली टोलीको विदाई गरिएको छ ।

बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले १५ सदस्यीय नेपाली टोलीसहित प्राविधिक टोलीको विदाई गरेका हुन् । राष्ट्रिय टोली बुधबारै बेलुकी ८ बजे सिंगाप‍ुर प्रस्थान गर्दैछ ।

जिम्बाबे, सिंगापुर र नेपालले खेल्ने शृङ्खलाका लागि यसअघि नै कप्तान पारस खड्काको नेतृत्वामा १५ सदस्यीय टोलीको घोषणा भइसकेको छ ।

अधिकाशं युवा खेलाडी रहेको टोलीमा सिनियर खेलाडीहरुमा कप्तान खड्का र विनोद भण्डारी रहेका छन् । नेपालले जिम्बाबे र सिंगापुरसँग २–२ खेल खेल्नेछ ।

नेपालले सेप्टेम्बर २७ मा जिम्बाबेसँग खेल्नेछ भने २८ मा सिंगापुरसँग खेल्नेछ भने दोस्रो खेल अक्टोबर १ मा जिम्बाबेसँग र २ मा सिंगापुरसँग खेल्नेछ ।

त्यहीँबाट नेपाल ओमानमा हुने पाँच देशबीचको खेलका लागि प्रस्थान गर्ने तालिका रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१