ओम समाज डेन्टल हस्पिटलको आयोजनामा दाँत प्रत्यारोपण सम्बन्धि एक दिने कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ आश्विन २०७६, बुधबार १३:५१

काठमाडौं। ओम समाज डेन्टल हस्पिटल चावहिलको आयोजनामा दाँत प्रत्यारोपण सम्बन्धि एक दिने  (CONTINUING DENTAL EDUCATION PROGRAM) कार्यक्रम सम्पन्न भएको छ।

स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुर्व स्वास्थ्य सचिव डा. प्रविण मिश्रडा.मानिक रत्न बज्राचार्यडा. मिरा मल्लमित्र राष्ट्र भारतका डा. एस.पी सिंहनरेन्द्र सिंह(अर्मान) लगायत बरिष्ठ दन्त्य रोग बिशेसज्ञ र सहभागी डाक्टरहरुको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र कुमार यादवले राज्यले गर्नुपर्ने काम ओम समाज डेन्टल हस्पिटलले गरेकोमा धन्यवाद दिदै स्वास्थ्य क्षेत्रमा थुप्रै समस्या रहेको यसलाई हटाउन बर्तमान सरकार लागि परेको बताए ।
उनले सामाजिक दायित्व अन्तर्गत ओम समाज डेन्टल हस्पिटलले गर्ने सबै कार्यक्रममा आफु र आपनो मन्त्रालय सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा बोल्दै पुर्व स्वास्थ्य सचिव डा। प्रविण मिश्रले पहिले दन्त्य चिकित्सकहरु न्यून संख्यामा रहेको बताउदै अहिले यसको संख्या धेरै भएको हुँदा नयाँ प्रविधिको साथमा बिश्वस्तरिय सेवा प्रदान गर्न सबैलाई आग्रह गरे ।
सभाध्यक्षता गर्दै ओम समाज डेन्टल हस्पिटलका प्रमुख तथा बरिष्ठ दन्त्य रोग बिशेसज्ञ डा। सुवास घिमिरेले आफुले पढ्दा कसैबाट सहयोग नपाएर धेरै पिडा भोगेको हुँदा दन्त्य रोग सम्बन्धि पढेर काम गर्न चाहनेहरुलाई जुनसुकै सहयोग गर्न आफु तयार रहेको र समस्या परेकाले निर्धक भएर भन्न आग्रह गरे ।
उनले दात प्रत्यारोपण सम्बन्धि एक दिने निस्सुल्क तालिम नेपालमै पहिलोपटक आयोजना गरेको बताउदै यो आफ्नो धेरै पहिले देखिको सपना भएको हुँदा यस कार्यक्रमलाइ सफल बनाउन लाग्ने आफ्नो टिम र अन्यलाई समेत धन्यवाद दिएका थिए भने आफुले बुवा आमाको नामबाट ईन्द्र अन्नपूर्णा विशिष्ट व्यक्ति’ सम्मान र २० जनालाई स्वास्थ्य क्षेत्रमा अध्यनरत विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिरहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र कुमार यादव र ओम समाज डेन्टल हस्पिटलका प्रमुख तथा बरिष्ठ दन्त्य रोग बिशेसज्ञ डा। सुवास घिमिरेले स्वास्थ्य क्षेत्रमा लामोसमयसम्म योगदान पुर्याएकोमा पुर्व स्वास्थ्य सचिव डा। प्रविण मिश्रडा। मानिक रत्न बज्राचार्यर नेपालि प्रथम महिला डाक्टर डा मिरा मल्ललाई ईन्द्र अन्नपूर्णा विशिष्ट व्यक्ति २०७६ ‘ बाट सम्मान गरेका थिए ।
मित्र राष्ट्र भारतका डा। एस।पी सिंहनरेन्द्र सिंह(अर्मान) र बरिष्ठ दन्त्य रोग बिशेसज्ञहरुले दाँत प्रत्यारोपण सम्बन्धि एक दिने (CONTINUING DENTAL EDUCATION PROGRAM) निस्सुल्क तालिम दिएका र यसमा एक सय पचास भन्दा बढी दन्त्य चिकित्सकहरुको सहभागीता रहनुका साथै दात रोप्ने (Dental implant ) को demo तथा hands on गराइएको थियो भने सहभागीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो जुन प्रमाण पत्र लाई नेपाल मेडीकल काऊन्सिल ले सि.पि.डी. नम्बर ५.५ क्रे्डीट तोकियको थियो । कार्यक्रम बिहान ८ बजे देखि सुरु भै बिलुका ५ बजे सम्म संचालन भयको थियो ।

सहभागि चिकित्सकहरु ले नेपाल मा पहिलो पट्क यस्तो खाल को कार्यक्रम भयको भन्दै खुसि क्यक्त गरेका थिय । कार्यक्रम मा औसधि कम्पनि ,डेन्ट्ल सप्लायर्स र बिभिन्न सामाजिक संघ संस्था गरि २० भन्दा बढ़ी स्टल हरु राखियको थियो।
दाँत प्रत्यारोपण सम्बन्धि एक दिने कार्यक्रम ओम समाज डेन्टल हस्पिटलका डा. सम्झना शर्मा र सुजना अधिकारीले संचालन गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१