धादिङमा सरकारविरुद्ध विरोध प्रदर्शन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ आश्विन २०७६, बुधबार ११:२७

नेपाली कांग्रेस धादिङले आज मंगलबार सरकारविरुद्ध जिल्ला स्तरीय विरोध प्रदर्शन र सभा सम्पन्न गरेको छ ।

दोस्रो चरणको जागरण अभियानअन्तर्गत आज अन्तिम दिन धादिङबेसीमा नेपाली काँग्रेसका जिल्ला सभापति रमेश धमलाको अध्यक्षतामा सरकारका गलत क्रियाकलापका विरुद्ध विरोध प्रदर्शन र सभा आयोजना गरेको हो ।

विरोधसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व कानुन राज्यमन्त्री दिलमान पाख्रीनले यो सरकार संविधानको वेवास्ता गरि आफू खुसी राज्य संचालन गर्न लागेको र त्यसले गर्दा देशमा मंहगी, भष्ट्राचार , हिंसा, बलात्कारको घटना बढ्दै गएको तर्फ जनतालाई सुशुचित गराउन यो अभियानको आयोजना गरिएको बताउनुभयो ।

त्यस्तै विरोध सभामा नेपाली कांग्रेस केन्द्रिय प्रतिनिधि बिमल ठकुरीले आजको देशव्यापी विरोध प्रदर्शन बढ्दो महँगी, भ्रष्टाचार र सरकारले ल्याएको अलोकतान्त्रिक विधेयकविरुद्ध रहेको बताउनुभएको थियो ।

बीपी कोइरालाको १०६औं जन्मजयन्तीका अवसर पारी भदौ २४ गतेदेखि शुरू भएको हिमाल, पहाड, तराई–मधेस जागरणको दोस्रो चरणको अभियान यो विरोध प्रदर्शन र सभासँगै समापन भएकोे छ ।

विरोध सभा कार्यक्रममा सरकारको गलत क्रियाकलापविरुद्ध जनमत सिर्जना गर्दै पार्टी संगठनलाई अझ सशक्त बनाउने उद्देश्यका साथ दोस्रो चरणको जागरण अभियान प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित रहेको थियो ।

विरोध सभा कार्यक्रममा पूर्व सांसद एंव पूर्व सभापति रामनाथ अधिकारी, रसुवाका पूर्वसभापति बालचन्द्र पौडेल, केन्द्रिय प्रतिनिधि रमेशकुमार महत बिजुल विश्वकर्मा र महिला संघ धादिङका अध्यक्ष अम्बिका अधिकारी लगायतका व्यक्ताहरुले अहिलेको सरकार गठन भएको १९ महिनामानै व्यापक भ्रष्टाचार,नियमितता,वड्दो महंगि,कर वृद्दि,विकासका काममा ऊदाशिनता र भएका जनविरोधी काममाथि कडा आलोचना गरेका थिए ।

कार्यक्रमलाई समापन गर्दै जिल्ला सभापति रमेश धमलाले पहिलो र दोस्रो जागरण अभियानलाई सफल बनाउन सक्रियताका साथ सहभागी भएका सबैलाई धन्यवाद दिदै यस अभियानले नेकपाको गलत क्रियाकलापलाई जनसमक्ष ल्याउन सफल भएको बताउभएको थियो ।

यो अभियानका लागि कांग्रेसले ३ सय ३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाएको थियो । सरकारविरुद्ध प्रदर्शन र सभा सबै जिल्लामा जिल्लास्तरीय प्रदर्शनमा स्थानीयस्तरका मुद्दालाई पनि प्राथमिकताका साथ उठाइएको थियो ।

प्रतिक्रिया