चट्याङ लागेर १५ भेडा मरे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ आश्विन २०७६, बुधबार ०५:१७

कैलाली । कैलालीको जानकी गाउँपालिका–९ कटासेमा वर्षासँगै मंगलबार परेको चट्याङ लागेर १५ भेडा मरेका छन् ।

पानी पर्न थालेपछि साजको रुखमा ओत लागेको अवस्थामा सोही रुखमा चट्याङ खस्दा भेडाहरु मरेको अमरावती प्रहरी चौकीले जानकारी दिएको छ ।

जानकी गाउँपालिका–९ बक्लौवा शिविरका विपतराम चौधरीका भेडा जङ्गलमा चराउन लगिएको र पानी परेपछि कटासे पुल नजिकै साजको रुखमा भेडा ओत लागेका थिए ।

भेडा पालेर जीविका चलाएको चौधरीको परिवार सबै भेडा मरेपछि दुःखित छ । “व्यवसाय तथा व्यापारका नामामा यही भेडा पालन गरेको थिएँ”, विपतरामले भने, ‘‘म त बर्बाद भएँ, यही भेडाबाट मेरो घर चलेको थियो ।’’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१