आफ्ना कविता रुचाउने सबैप्रति राष्ट्रकविद्वारा कृतज्ञता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ आश्विन २०७६, बुधबार ०५:१५

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्ना कविता रुचाउने सबै नेपालीप्रति कृतज्ञता प्रकट गरेका छन् । मंगलबार १०१ वर्ष पुगेका घिमिरेको सम्मानमा आयोजित कार्यक्रममा उनले सबैलाई धन्यवाद दिएका हुन् ।

मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले राष्ट्रिय नाचघरमा आयोजना गरेको १०१ औँ कार्यक्रममा राष्ट्रकवि घिमिरेलाई सम्मान गरिएको थियो । राष्ट्रकवि घिमिरेको जन्म १९७६ मा आजैको दिन लमजुङ, पुस्तुनमा भएको हो ।

सो अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित जन्मशताब्दी विशेषाङ्क लोकार्पण गरियो । यसैबीच, राष्ट्रकविलाई शुभकामना व्यक्त गर्न उनका निवास लैनचौरमा बिहानदेखि नै समाजका विभिन्न क्षेत्रका व्यक्तिको घुइँचो लागेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१