डा. रंगीनाले जितिन एमएस नेपाल इन्टरनेसनल २०१९ को उपाधि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०७६, मंगलवार ०४:५३

काठमाडौं । विवाहिता महिलाबीचको सौन्दर्य प्रतियोगिता एमएस नेपाल इन्टरनेसनल–२०१९ को उपाधि डा. रंगीना लाइकमबम शाहले जितेकी छन्।

उनले प्रतियोगितामा सहभागी सातै प्रदेशका ३६ जनालाई पछि पार्दै उपाधी हात पारेकी हुन्। नेपाल इन्टरनेसनल–२०१९ को उपाधि हात पारेकी डा. लाइकमबमले आगामी अक्टुबरमा सिंगापुरमा सम्पन्न हुने अन्तर्राष्ट्रिय स्तरको विवाहिता महिलाको सौन्दर्य प्रतियोगितामा भाग लिन पाउनेछिन।

यहि असोज ४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगीतामा बिजेता बनेकी डा. लाइकमबमलाई नायिका करिष्मा मानन्धरले ताज पहिराइदिएकी थिइन।

प्रमुख निर्णयक पूर्वप्रधान सेनापति रुक्मांगत कटुवालले उपहार प्रदान गरे। पूर्वप्रधान सेनापति कटुवाल प्रमुख निर्णायक रहेको सो सौन्दर्य प्रतियोगितामा नायक राजेश हमाल र करिष्मा मानन्धरले प्रतियोगीको मुल्यांकन गरेका थिए ।

उनी (ल्याप्रोस्कोपी) स्त्रीरोगसम्बन्धी उपचार दुरबिन सर्जरीबाट गर्ने डाक्टर मध्ये एक हुन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१