कक्षा ११ को नतिजा आज प्रकाशित हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०७६, मंगलवार ०४:३६

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल मंगलबार (भोलि) सार्वजनिक गर्ने भएको छ ।

गत बैशाख २९ गते देखि जेठ ८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को परीक्षाफल मंगलबार प्रकाशित गर्ने गरी तयारी पूरा भएको परीक्षा बोर्डले जानकारी दिएको हो ।

नतिजा प्रकाशन तयारीका लागि सोमबार बोर्डको बैठक बसेको थियो । बैठकले परीक्षा नतिजा सार्वजनिक गर्नका लागि मंलबार बिहान बैठक बोलाइएको स्रोतले जनाएको छ ।

मुलुकभरका ४ हजार एक सय ३७ विद्यालयका ५ लाख ८ हजार परीक्षार्थी सहभागी थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१