नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि सम्झौता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०७६, मंगलवार ०४:३४

काठमाडौं । नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि सम्झौता भएको छ । जापानको हाजमा आङ्दो कर्पोरेशनले ४२ महिनामा यो सुरुङमार्गको निर्माण सम्पन्न गर्ने गरी सोमबार सम्झौता भएको हो ।

मुआब्जा रकमसमेत गरेर सुरुङमार्गको जम्मा लागत रु २२ अर्ब हुने बताइएको छ । सडक विभागको विकास सहायता कार्यन्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाका अनुसार यो रकममध्ये नेपाल सरकारले रु छ अर्ब जग्गाको मुआब्जा वितरणमा खर्च गर्ने भएको छ । अहिलेसम्म रु चार अर्ब मुआब्जावापतको रकम बाँडिसकिएको छ ।

सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर सडक समेत निर्माण हुनेछ । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा गरेर दुई स्थानमा फ्लाई ओभरसमेत निर्माण हुने सम्झौता भएको उनले जानकारी दिए । उनले भने, “फ्लाइ ओभरको निर्माण सम्पन्न भएपछि यो नै नेपालको पहिलो फ्लाई ओभर हुनेछ ।”

जापान सरकारको ०.०१ प्रतिशत सहुलियत ऋणमा सुरुङमार्ग निर्माण हुन लागेको हो । सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने उनले जानकारी दिए । अहिले सुरुङमार्ग निर्माण गर्न लागेकै कम्पनीले यसअघि माइतीघर–सूर्यविनायक सडक निर्माण गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१