घटेको मूल्य कार्यान्वयन नगर्ने ग्यास विक्रेतालाई कारबाही गर्ने निगमको चेतावनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०७६, मंगलवार ०४:३२

काठमाडौं । नेपाल आयल निगमले ग्यासमा घटाएको मूल्य कार्यान्वयन नगर्ने ग्यास विक्रेता व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

गत असोज ३ गते निगमले ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ घटाए पनि कार्यान्वयन नभएको पाइएपछि निगमले यस्तो चेतावनी दिएको हो ।

आयल निगमको टोलीले सोमबार विज्ञप्ति जारी गर्दै बजार अनुगमनका क्रममा एल पी ग्यास उद्योगीहरुले विक्रेतामार्फत ग्यास विक्री वितरण गराउँदमा घटेको मूल्यमा बिक्री नगरेको हुँदा नयाँ मूल्य कार्यन्वयन गर्न सूचित गरेको छ ।

यदि कार्यन्वयन नगरे तथा गुनासो आएमा कानून बमोजिम कडा कारबाही गरिने निगमले चेतावनी दिएको छ ।

काठमाडौं उपत्यका लगायत अन्य पहाडी क्षेत्रमा नयाँ खुद्रा विक्री मूल्य ग्यास प्रति सिलिण्डर १३ सय ५० तथा दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा १३ सय १५ रुपैयाँ तोकिएको छ । त्यसैगरी अन्य तराईका जिल्ला १३ सय ३० तोकिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१