नाकबाट रगत बग्ने समस्या छ ? खानुस् मिश्री पानी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०७६, मंगलवार ०४:२४

मिश्री खाँदा गुलियो हुने भए पनि यो मानव स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । सामान्यतया होटलमा खाना खाइसकेपछि माउथ फ्रेसरनरका लागि सुपसँग मिस्रीको प्रयोग गरिन्छ ।

बजारमा ठूलो खालको मिश्री पनि पाइन्छ । जुन धागोमा उनीएर बनाइएको हुन्छ । यसलाई घरमा पूजापाठमा प्रसादको रुपमा पनि पनि प्रयोग गरिन्छ ।

मिश्री खानुका फाइदा

चिसौ मौसममा धेरै मानिसहरु बिरामी हुने गर्दछन् । यो मौसमा रुघाखोकी, घाँटीमा खसखस हुनु सामान्य हो ।

यस्तो अवस्थामा मिस्रीसँग कालो खुर्सानी पाउडर घिउलाई मिक्स गरेर राति सुत्ने समयमा सेवन गर्दा केही दिनमा नै राहत मिल्ने चिकित्सकहरु बताउँछन् ।

शरीरमा हेमोग्लोविनको मात्रा कम हुँदा रगतको कमी हुने गर्दछ, जसले कमजोरी महशुस गराउँछ । यस्तोमा नियमित रुपमा मिस्रीको सेवनले शरीरमा रगतको कमि हुँन दिँदैन भने रक्त सञ्चारमा अहं भूमिका खेल्छ ।

मिस्रीको सेवन सुपसँगै गर्नाले पाचन प्रक्रिया पनि सन्तुलित रहन्छ । किनकि यसमा पाचक गुण पाइन्छ, जसले पचाउन र पेटसम्बन्धी समस्या समाधानमा सहयोग गर्दछ ।

मिस्रीले शरीरमा इनर्जी दिन्छ र शरीरमा बेग्लै किसिमको फूर्ति रहिरहन्छ ।

नाकबाट रगत आउने समस्याका लागि पनि मिस्री अचुक औषधि मानिन्छ । नाकबाट रगत बग्ने विभिन्न कारणहरु हुन सक्छन् । एउटा कारण भनेको अधिक गर्मी हुनु पनि हो ।

गर्मी समयमा मानिसहरुको नाकबाट रगत बग्ने गर्दछ । यस्तो अवस्थामा मिश्री पानी खानाले शरीरलाई शितलता प्रदान गर्दछ र रगत बग्ने समस्या समाधान हुन्छ ।

त्यस्तै गर्मी समयमा राति सुत्दा हात–खुट्टा भत्भती पोल्ने समस्या छ भने पनि कागती को रसमा मिसाएर मिश्री पानी खानाले त्यो समस्या समाधान हुँदै जाने चिकित्सकहरु बताउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१