काठमाडौं । काठमाडौंको चक्रपथ सरसफाई महा- अभियानले १२९ औ हप्ता पार गरेको छ ।
काठमाडौंको वसुन्धरामा रहेको ग्रीनसिटी हस्पिटलको संयोजनमा भएको चक्रपथ सरसफाई महा-अभियानले शनिवारदेखि १२९ औं हप्ता पुरा गरेको हो ।
प्रत्येक हप्ताशनिबार बिहान ७ देखि ९ बजे सम्मफोहर संकलन अभियानमा बिभिन्न संघसंस्थाको सहयोगमा स्वतःस्फूर्त रुपमा सरसफाई अभियान सञ्चालन हुदै आएको छ ।
१२९ औ हप्तामा आइपुग्दा घरदैलो कार्यक्रमलाई प्राथमिकता संगै सबैजना जनचेतना संगै अगाडी बढाउने र फोहोर हुनै नदिने अभियानमा लाग्ने सरसफाई अभियानका अभियन्ताहरुको भनाइ रहेको छ ।
अभियानमा ३०० जनाको सहभागी रहेको थियो भने ५ टन फोहोर संकलन गरिएको थियो ।
प्रतिक्रिया