काठमाडौं । काठमाडौंमा जारी यु–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भुटानविरुद्धको खेलको पहिलो हाफमा नेपाल पछि परेको छ ।
हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा नेपाल १–० गोल अन्तरले पछि परेको हो ।
खेलमा नेपालविरुद्ध भेटानका यशी दोर्जीले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । उनले खेलको ४१ औं मिनेटमा गोल गरेका हुन् ।
यसअघि भएको समूहको पहिलो खेलमा माल्दिभ्ससँग १–१ को बराबरी खेलेको नेपालले सेमिफाइनल पुग्न भुटानलाई जित्नै पर्ने दबाब छ ।
प्रतिक्रिया