दशैँ, तिहार र छठलाई लक्षित गर्दै हवाई सेवामा पनि टिकट बुकिङ्ग खुल्ला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ आश्विन २०७६, सोमबार ०४:३४

काठमाडौं । दशैँ, तिहार र छठलाई लक्षित गर्दै हवाई सेवामा पनि टिकट बुकिङ्ग खुला भएको छ । वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा संचालक संघ, नेपाल(एओएएन) ले हवाई भाडामा विशेष छुटसहित टिकट बुकिङ्ग खुल्ला गरेको हो ।

संघले सबै आन्तरिक (डोमेस्टिक) उडानतर्फका आफ्ना नियमित उडान सेवामा नेपाली नागरिकहरुलाई हवाई भाडामा १० प्रतिशत छुट दिने जनाएको छ । उक्त छुट आगामी असोज १२ गतेदेखि कार्तिक २७ गते सम्म लागू हुने संघले बताएको छ ।

नेपालीहरुको महान चाड वडादशैं, तिहार तथा छठको अवसरमा संघका सबै नियमित उडान सञ्चालन गर्ने वायुसेवा कम्पनीहरुको आफ्नै काउण्टरबाट टिकट काट्दा सेवाग्राहीले यस्तो सुविधा पाउने छन् । उक्त छुट सामान्य हवाई भाडामा एयरपोर्ट ट्याक्स तथा फ्यूल सरचार्ज बाहेक १० प्रतिशत छुट दिने संघद्धारा जारी विज्ञप्तिमा बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१