चिकित्सकहरुलाई सदस्यता लिन डा.सैयदको आव्हान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ आश्विन २०७६, आईतवार १२:३२

बिगत डेढ दशकदेखि स्वास्थ्य र समाजसेवामा निरन्तरता दिएर आफ्नो नाम स्थापित गर्न सफल डा. मनोर दिन सैयदले आगामी हुन लागेको नेपाल चिकित्सक संघ को निर्वाचन प्रक्रिया बारेमा चासो ब्यक्त गर्नुभएकोछ । हाल डा.सैयदनेपाल चिकित्सक संघ काउन्सिल सदस्यका रुपमा आफ्नो भूमिका निर्बाह गर्नुभएको छ । सम्पूर्णनेपाली चिकित्सकहरुको छाता संस्था भएता पनि सबैले सदस्यता नलिएको कारणले संघ को निर्बाचन जस्तो संबेदनशिल अबस्थाबाट बन्चित हुनुपरेकोछ। एन.एम.ए. भवन मा भएको छोटो भेटमा डा. सैयदले सम्पूर्ण चिकित्सक खास गरि युवा चिकित्सकहरुलाई बेलैमा सदस्यता लिएर निर्बाचन प्रक्रियामा भाग लिन र संघबाट भबिस्यमा प्राप्त हुने सम्पूर्ण सुबिधा लिनको लागि आग्रह गर्नुभयो ।

 बि.स. २००७ सालमा स्थापित नेपाल चिकित्सक संघले चिकित्सकहरुको हकहित र सुरक्षाका लागि सधै तत्परता देखाउने कुरा जगजाहेर नै रहेको कुरा स्मरण गराउदै नेपाल चिकित्सक संघकापूर्व उपाध्यक्ष डा. पशुपति रेग्मीले आगामी निर्बाचनको परिणाम पनि आफूहरुकैपोल्टामा आउने तर सो प्राप्तिको लागि शसक्त टिम उत्रनु पर्ने र उत्तिकै मेहनत गर्नुपर्ने बताउनुभयो

प्रतिक्रिया