शनिवार रातिदेखि टेलिकमको मोबाइलमा समस्या आउन सक्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७६, शनिबार ०७:२८

काठमाडौं । नेपाल टेलिकमले फोरजी सेवा अपग्रेड गर्ने भएसँगै शनिवार रातिदेखि मोबाइल सेवामा समस्या आउन सक्ने भएको छ ।

शनिवार राति साढे ११ बजेदेखि अपग्रेडको काम सुरु हुने भएकाले त्यस समयमा मोबाइल सेवा प्रयोगमा कठिनाइ हुनसक्ने नेपाल टेलिकमले सूचना प्रकाशन गरी जानकारी गराएको छ ।

मोवाइल सेवा अबरूद्ध हुन पुगे मोवाइल स्वीच अफ गरी अन गर्न पनि नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, वायरलेस सेवा निर्देशनालयले आग्रह गरेको छ ।

प्रविधिमा आएको परिवर्तन अनुरुप कम्पनीले सेवाग्राहीहरुलाई समय सापेक्ष नवीन प्रविधिमा आधारित सेवाहरु उपलव्ध गराउन कम्पनी प्रयासरत रहेको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१