के कारणले हुन्छ यूरिक एसिड ? यस्तो छ उपचार विधि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७६, शनिबार ०७:१६

हाम्रो खानपान तथा गलत जीवनशैलीका कारण कतिपय अवस्थामा शरीरमा यूरिक एसिडको मात्रा बढ्ने गर्दछ ।

यूरिक एसिड हुँदा शरीरका जोर्नी दुख्ने तथा मधुमेह र पिसाब लगायताका समस्या देखा पर्छन् । हुनत यूरिक एसिड शरीरका लागि पनि आवश्यक छ तर रगतमा यूरिक एसिडको मात्रा तीनदेखि सात मिलिग्राम प्रतिलिटर भए मात्र त्यसलाई सामान्य मानिन्छ ।

सात मिलिग्रामभन्दा बढी यूरिक एसिड भएमा त्यसलाई हाइपर युरिसेमिया मानिन्छ ।

यूरिक एसिडको लक्षण के के हुन् ?

जोर्नी दुख्ने तथा सुन्निने यूरिक एसिडका मुख्य लक्ष्ँण हुन् । यसरी जोर्नी दुख्नुमा जोर्नी वरपरका मासु र कार्टिलेजमा यूरिक एसिड जम्मा हुन थाल्नु हो ।

यस्तो अवस्थालाई अंग्रजीमा गाउटी अर्थराइटिस भनिन्छ । ढाड दुख्ने, शरीरका जोर्नीहरु दुख्ने, जाम हुने तथा हातखुट्टा झमझमाउने अवस्थालाई मात्र यूरिक एसिड भएको मानिदैन ।

बिहान उठ्दा हातगोडाका बुढी औंला दुख्नु, सुन्निने तथा हिड्न अप्ठ्यारो हुन्छ भने त्यो यूरिक एसिडको लक्षण हो । यसका साथै कुर्कुच्चा, घु“डा, कुहिना र औंलाका जोर्नीहरुमा हुने दुखाई पनि यूरिक एसिडका लक्षण हुन् ।

यूरिक एसिडको उपचार

हाम्रो गलत खानपानका कारण शरीरमा प्रसस्त मात्रामा पुग्ने प्रोटिन लामो समयदेखि जम्मा भई यूरिक एसिड बढ्छ ।

हाम्रो दैनिक खानपानमा ध्यान दिई यसको निवारणका लागि पर्याप्त मात्रामा पानी खाने तथा झोलयुक्त खानेकुराको सेवन गर्नुपर्छ ।

बढि मात्रमा पानीको सेवन गर्नाले हाम्रो पिसाबको माध्यमबाट बिस्तारै यूरिक एसिड निस्केर जान्छ । यसका साथै खानामा गेडागुडि, खसिको मासु, रातो मासु, सी फुड, च्याउ, फुलकोबि, बन्दाकोभी, पनिर तथा भिन्डी लगायतका यूरिक एसिड बढाउने तत्व खानु हुँदैन ।

खानामा नियमित ५ सय ग्राम भिटामिन पुग्ने गरी ब्यवस्थापन गर्नुपर्छ । शरीरको तौल घटाउन जबर्जस्ती कसरत गरेपनि यूरिक एसिडले च्याप्न सक्छ । थाइराइडको समस्या, आइरनको मात्रा उच्च भएमा वा मदिराको सेवनले समेत यूरिक एसिड बढ्छ ।

यूरिक एसिडको मात्रा बढेमा वा स्वास्थ्यमा प्रत्यक्ष्ँ समस्या भएमा अनिवार्य चिकित्सकको सल्लाह लिनुपर्छ । साधारण अवस्थामा यूरिक एसिड कम गर्न औषधिको सेवन गर्नु हुँदैन । बरु नियमित रुपमा यूरिक एसिडको परीक्ष्ँण गराइरहनु पर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१