निगमको जहाजमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०७६, बिहीबार ०५:२३

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ज्येष्ठ नागरिकलाई आधा भाडा छुट दिने घोषणा गरेका थिए । राष्ट्रिय ध्वजावाकले उक्त घोषणा कार्यान्वयन गरेको जानकारी मिश्रले दिए । मिश्रका अनुसार निगमको जहाजमा दसैं बुकिङ खुला भइसकेको छ ।

चाडपर्वमा हवाई भाडामा सहुलियत, मन्त्री भन्छन्–ज्येष्ठ नागरिकलाई आधा छुट गर्ने अपेक्षा छ

वायुसेवा सञ्चालक संघले चाडपर्वमा १० प्रतिशत भाडा छुट दिने निर्णय गरेपछि उनले ज्येष्ठ नागरिकका लागि पनि सुविधा दिने अपेक्षा मन्त्री भट्टराईले गरेका थिए । संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जारी गरेको विज्ञप्तिअनुसार असोज १२ देखि कात्तिक १७ गतेसम्मको हवाई टिकटमा सम्बन्धित वायुसेवा कम्पनीको काउन्टरबाट खरिद गरे नेपाली यात्रुलाई १० प्रतिशत छुट दिइनेछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१