प्रधानमन्त्रीको दृढ इच्छाशक्ति देखेर नायिका स्वेता खड्का दंग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०७६, बिहीबार ०५:२१

काठमाडौं । नायिका स्वेता खड्काले प्रधानमन्त्री केपी ओलीसँगको भेटपछि उत्साह व्यक्त गरेकी छन् । प्रधानमन्त्रीसँग सिन्धुपाल्चोकमा निर्माणाधी एकीकृत नमुना माझी बस्तीका बारेमा कुराकानी भएको उनले सुनाइन् ।

‘उहाँले प्रकट गर्नुभएको सकारात्मक विचार र दृढ इच्छाशक्ति देखेर म त दंग भएँ’, उनले भनिन्, ‘प्रधानमन्त्रीज्युबाट प्राप्त हौसला र उत्साहरुपी उmर्जाका शब्दहरूले मभित्र भिन्नै जाँगर थपिदिएको छ ।’

५३ माझी परिवारका लागि सुन्दर बस्ती बनाउने अभियानमा उनले सबै तह, तप्का र पक्षलाई जोड्ने प्रयास जारी रहेको उनले सुनाइन् । ‘लौ न त राजनीतिक द्वेष र अतिवादी सोचलाई पैतालामुनि कुल्चिएर सामाजिक विकासको पाटोमा हामी सबैले साझा पाइला चाल्ने कि’, उनले भनेकी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१