रग्वी वल्डकप २०१९ एम्वेष्टर प्लेयरको रुपमा रग्वी खेलाडी जापान प्रस्थान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०७६, बिहीबार ०५:१५

काठमाडौं । सेप्टेम्वर २० देखी सुरुहुन लागेको रग्वी वल्डकपमा सहभागी हुन नेपालका तर्फबाट रग्वी संघका सचिव गोविन्द घिमिरेको नेतृत्वमा एक टोली जापान प्रस्थान गर्दैछन् । एसिया रग्वीको व्यवस्थापन तथा वल्ड रग्वीको निमन्त्रणामा इम्प्याक्ट वियोण्ड प्रोजेक्टमा नेपालको प्रतिनिधित्व गर्दै सचिव घिमिरेको नेतृत्वमा u-8 महिला क्याप्टेन मुस्कान आले मगर र u-8 पुरुष अविषेक वि.के. मंगलवार जापान प्रस्थान गर्देछन् ।

उक्त प्रतियोगितामा एसियावाट फ्युचर प्लेयरको रुपमा आफ्नो देशको प्रतिनिधित्व गर्दै खेलाडीहरु सहभागि जनाउने छन् । यसले भविष्यमा रग्वी खेललाई विकास र विस्तारको सहयोग पुग्ने उद्धेश्यले विश्व रग्वीले निमन्त्रणा गराएको संघका सचिव गोविन्द घिमिरेले जानकारी गराएका छन् ।

खेलाडीहरुलाई संघका अध्यक्ष टंकलाल घिसिङ्ग ,महासचिव चेतनराज गिरिले नेपाल रग्वी संघको कार्यालयवाट विदाई गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१