ग्राहकलाई असोज महिनाभर माछापुच्छ्रे बैंकका १९ प्रकारका छुट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०७६, बिहीबार ०५:०४

काठमाडौं । माछापुच्छ्रे बैंकले १९औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी विभिन्न १९ प्रकारका छुट योजनाहरु ल्याएको छ । बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष माछापुच्छ्रे महोत्सवको आयोजना गर्दै विभिन्न छुटहरु प्रदान गर्दै आएको छ ।

यो वर्षपनि बैंकले बैंकिङ कारोबार शुरु गरेकोे १९ वर्ष पुरा गरी २०औं बर्षमा प्रवेशको उपलक्ष्यमा असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको हो ।

बैंकले ग्राहक महानुभावहरुलाई असोज महिनाभर निःशुल्क डेबिट कार्ड प्रदान गर्नेछ भने डिम्याट खाता तथा मेरो सेयर खाता निशुल्क रुपमा खोलिदिनेछ । त्यस्तै माछापुच्छ्रे महोत्सव अन्र्तगत देशभरका भाटभटेनी सुपरमार्केटहरुमा माछापुच्छ्रे बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरेर विभिन्न सामानहरु खरीद गर्दा १० प्रतिशत सम्मको क्यास व्याक अफर सुविधा प्रदान गर्नेछ ।

त्यसैगरी, यो योजना अवधिभर लकर सुविधा लिन चाहने ग्राहकलाई ५० प्रतिशत छुट, ५ वा ५ जना भन्दा वढिको समुहमा क्रेडिट कार्ड लिनेलाई कार्ड जारी शुल्कमा शतप्रतिशत छुट, बैंकको डलर कार्ड जारी शुल्कमा पनि ५० प्रतिशत छुट, आइएनआर/युएसडी र ट्राभल ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत र गुड फर पेमेन्टमा पनि ५० प्रतिशत छुट लगायतका अन्य थुपै सुविधा प्रदान गर्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१