खेलकुदको नयाँ बन्न लागेको कानुनमा धेरै त्रुटी भेटिए : गणेश थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०७६, बुधबार ०७:१८

अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वअध्यक्ष गणेश थापाले नयाँ बन्न लागेको खेलकुदको कानुनमा धेरै कमीकमजोरीहरु तथा त्रुटी रहेको बताएका छन् । यदि साच्चै नै खेलकुद विकास गर्न चाहने हो खेलकुदलाई राजनीतिबाट मुक्त राख्नु पर्ने तथा नयाँ कानुनमा नेपाल ओलम्पिक कमिटीलाई स्वतन्त्र ढङ्गबाट चल्न दिने हो भने राष्ट्रिय खेलकुद परिषदको संरचनामा आमूल परिवर्तन हुने थापाको दावी छ ।
सत्ता परिवर्तन हुने बितिकै जुन पार्टीको सरकार आएपनि खेलकुदको बिकासमा भन्दापनि खेलकुदमा आफ्नो पार्टीको पकड बनाउन लागि पर्ने गरेको र वर्तमान सरकारबाट पनि उही किसिमको कार्य नहोस भन्ने आफ्नो राय रहेको थापाले बताएका छन्।
नयाँ कानुनमा नेपाल ओलम्पिक कमिटीलाई स्वतन्त्र ढङ्गबाट चल्न दिने किसिमको व्यवस्था गरिएको छ भने अरु खेलकुदका संघहरुलाई कुनै किसिमको स्वतन्त्र किसिमबाट चल्न दिने व्यवस्था गरिएको छैन ।

अन्य मुलुकमा खेलकुद परिषद्लाई देशमा भएका संरचनाहरूको रेखदेख तथा मर्मत गर्ने काम मात्र दिइने गरिन्छ नेपालमा पनि यस्तै नियम लागु भएमा खेलकुद क्षेत्रमा आमुल परिवर्तन हुने थापाको दावी छ ।

थापाले भने “सीधै बजेट तथा प्रशिक्षक हरु संघलाई उपलब्ध गराउनु पर्दछ त्यसो हुँदा सबै निर्वाचित संघहरू स्वतन्त्ररुपले काम गर्न पनि पाउनेछन् र जिम्मेवारी बोध पनि गर्नेछन् ।

यसको अनुगमन चाहिँ खेलकुद मन्त्रालयले र नेपाल ओलम्पिक कमिटीले गर्दा उपयुक्त हुन्छ एउटा सदस्यसचिव असफल भयो भने सबै खेलहरु असफल हुने अहिलेसम्म को अनुभवले देखाउँदछ ।”

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१