राष्ट्रिय ‘टग अफ वार’ प्रतियोगिता भब्य रुपमा सम्पन्न (फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०७६, मंगलवार २०:४६

काठमाडौं । नेपाल डोरी तान संघले पहिलो संस्करणको राष्ट्रिय ‘टग अफ वार’ (डोरी तान) प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ । आज काठमाडौंको गोकर्णेश्वर नगरपालिका स्थित मकलबारिमा रहेको मनकामना फुटसलमा भएको प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी महिलाका १० र पुरुषका १० टिमको सहभागिता रहेको थियो ।

राष्ट्रिय प्रतियोगिताका लागि जिल्ला तथा प्रदेशमा छनोट खेलहरु भएका थिए । प्रत्येक टिममा ८–८ जना खेलाडी रहने र लिगकम नकआउटका आधारमा खेल भएको नेपाल डोरी तान संघका अध्यक्ष भवानी पौडेलले जानकारी दिए ।

२०६४ सालमा राष्ट्रिय खेलकुद परिषद् राखेपमा दर्ता भएको टग अफ वार (नेपाल डोरी तान संघ) पछिल्लो एक वर्षदेखि चलायमान भएको छ ।

उसले अन्तर्राष्ट्रिय प्रतियोगिताको रुपमा इन्डो नेपाल टग अफ वार प्रतियोगिता र थाईल्याण्डमा जारी १४ औं एशियन इन्डोर टग अफ वार प्रतियोगितामा सहभागिता जनाएको छ ।


मकलबारिमा रहेको मनकामना फुटसलमा भएको प्रतियोगिताको प्रथम विजेता पुरुषतर्फ प्रदेश नम्बर ३ र महिला तर्फ पनि प्रदेश ३ नै बिजेता भएको छ भने दितीयमा पुरुषतर्फ प्रदेश २ र महिलातर्फ प्रदेश ५ बिजेता भएका छन् । तेस्रो हुने पुरुषतर्फ प्रदेश ७ सुदूरपश्चिम र महिला तर्फपनि प्रदेश ७ कै बिजेता बनेका छन् । प्रथम ,दितीय र तृतीय सबै खेलाडीले प्रमाणपत्र मेडल सहित शिल पाएका छन् ।

कार्यक्रममा उद्घाटन पूर्वमन्त्री शेरबहादुर तामांगले गरेका थिए भने समापन समारोह रा.खे .प.का सदस्य सचिब रमेशकुमार सिलवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। सोहि कार्यक्रममा हिसानका बरिष्ठ उपाध्यक्ष तथा हिसानका कार्यसमिति सदस्य ,
रा.खे .प.का सदस्य ,हिसानका काठमाण्डौ जिल्ला अध्यक्ष सहित कार्यसमिति सदस्य,पत्रकार ,समाजसेबी ब्यबसायी शिक्षाविद सबैको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१