एनआरएन युरोप संयोजकमा नारायण आचार्यको उम्मेद्वारी घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०७६, मंगलवार ११:३८

गैर आवासीय नेपाली संघ युरोप क्षेत्रीय संयोजकमा नेदरल्याण्ड्सबाट समाजसेवी तथा युवानेता नारायण आचार्यले उम्मेद्वारी घोषणा गरेका छन् ।

गैर आवासीय नेपाली संघ नेदरल्याण्ड्सको २०११ र २०१३ का अध्यक्ष भइसकेका आचार्य हाल अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य छन् ।

नेपालको राजनीतिक जीवनबाट निखारिएका आचार्य व्यवस्थापन संकाय अन्तर्गत नेपालकै ठूलो क्याम्पस शंकरदेव काठमाडौंको २०५५ र २०५७ का स्ववियु सभापति भइसकेका व्यक्तित्व हुन् । उनी नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य एवं समन्वय विभागका प्रमुख भई काम गरिसकेका हुन् भने अहिले आचार्य सामाजिक व्यक्तित्वको रूपमा युरोपेली नेपाली डायस्पोरामा स्थापित छन् ।

नेदरल्यान्डस्मा व्यवसाय गरेर बसेका आचार्यलाई गैर आवासीय नेपाली संघ भित्र सबैलाई मिलाएर लैजान सक्ने र व्यवस्थित समन्वय गर्न सक्ने असल व्यक्तिको रूपमा परिचित मानिन्छन् ।

गैर आवासीय नेपाली नागरिकताको विषमा सरकारले ल्याएको विधेयक आँफैमा पूरा नभएको र यसलाई पूर्णता दिन उच्चस्तरीय राजनैतिक लबी आवश्यक हुने भएका कारण युरोपेली डायस्पोरामा आर्चायलाई एउटा संभावनका रुपमा हेरिन थालिएको छ ।

युरोपेली मुलुकमा रहेका सबै राष्ट्रिय समन्वय समितिहरूको घनीभूत समन्वय गरी नेपालको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा नेपालको कुनै एक जिल्लामा पाइलट परियोजना शुरू गर्ने कार्ययोजना आचार्यले अगाडि सारेका छन् ।

कम्तिमा पन्ध्र हजार भन्दा बढि नेपाली भएका पोर्चुगल लगायतका देशमा नेपाली दूतावासको स्थापनाका लागि पहल गर्ने तथा नेपालको पर्यटन प्रवर्द्धन क्षेत्रमा विषेश कार्यक्रमसहित अगाडि बढ्ने उद्देश्यका साथ आचार्यको उम्मेद्वारी आएको हो । उनले बेलायतका भूतपूर्व गोर्खाका आवाजहरुलाई समेत बुलन्द गर्ने लक्ष्य राखेका छन् ।

एनआरएन अभियानमा केही योगदान दिने आफ्नो पनि लक्ष्य रहेको आचार्यले बताए ।

प्रतिक्रिया