चिकित्सा शिक्षाका स्नातक तहका प्रवेश परीक्षाको नयाँ मिति तय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०७६, मंगलवार ०५:०३

काठमाडौं । चिकित्सा अध्ययन संस्थानले चिकित्सा शिक्षाअन्तर्गतका एमबिबिएस, बिडिएस, बिएनएस, बिएस्सी नर्सिङ, बिपिएचको प्रवेश परीक्षा आगामी असोज ३, ५, ६ र ७ गते हुने जनाएको छ।

संस्थानको आज बसेको स्नातक तह प्रवेश परीक्षा सञ्चालक समितिको बैठकले सो मिति तय गरेको हो । यसअघि ती परीक्षा यही भदौ २१, २२ , २३ र २४ गतेलाई तय गरिएका थिए ।

सर्वोच्च अदालतले सो मितिमा ती तहका परीक्षा रोक्न संस्थानलाई आदेश गरेपछि स्थगित गरेर पुनः गर्न अर्को मिति निर्धारण गरिएको हो । ती तहका नयाँ शैक्षिक कार्यक्रमअन्तर्गत एमबिबिएसमा मात्र करीब १८ हजार छात्रछात्राले प्रवेश परीक्षाका लागि आवेदन दिएका थिए ।

हाल त्रिविवि, काठमाडौंँ विश्वविद्यालय, स्वास्थ्य मन्त्रालयअन्तर्गतका २२ कलेजमा एमबिबिएसको अध्ययन हुनेगर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१