बेलायतमा कसले चोर्यो सुनको शौचालय ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०७६, मंगलवार ०४:२७

लण्डन । बेलायतका तत्कालीन चर्चित नेता विन्स्टन चर्चिलको जन्म घरमा रहेको १८ क्यारेट सुनको शौचालय शनिबार बिहान चोरी भएको छ । शनिबार बिहान ४ः५० मिनेटमा शौचालय चोरी भएकोमा प्रहरीले ४ः५७ मा खबर पाएको थियो ।

चर्चिलको जन्म घरलाई ब्लेनहिम प्यालेस भन्ने गरिएको छ । थेम्स प्रहरीका अनुसार, सो शौचालय नपाइएपनि एक जना ६६ वर्षीय मानिसलाई सो प्रकरणमा संलग्नताको आशंकामा पक्राउ गरिएको बीबीसीले जनाएको छ ।

सो शौचालयको मूल्य १० लाख पाउण्ड भएको जनाइएको छ । उक्त शौचालय चोरेर लैजान दुई वटा गाडी प्रयोग गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । १८ औं शताब्दीको सो दरबार बेलायतका चर्चित युद्धकालीन नेता चर्चिलको घर हो । सो घर विश्व सम्पदा सूचीमा समेत सूचीकृत रहेको छ ।

अहिले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । ब्लेनहिम प्यालेसले ट्विट गर्दै अहिलेलाई सो प्यालेस बन्द रहे पनि आइतबार खुल्ने जनाएको छ । सो सुनको शौचालय सन् २०१७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रस्ताव गरिएको थियो ।

पक्राउ परेको व्यक्ति प्रहरीको हिरासतमा रहेको जनाइएको छ । शौचालय हराएको भवन लण्डनबाट १०५ किमी पश्चिम अक्सफोर्ड सायरमा रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१