राष्ट्रिय ‘टग अफ वार’ आज

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०७६, मंगलवार ०३:५८

काठमाडौं । नेपाल डोरी तान संघले पहिलो संस्करणको राष्ट्रिय ‘टग अफ वार’ (डोरी तान) प्रतियोगिता आज हुदै छ । सोमबार संघले पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी महिलाका १० र पुरुषका १० टिमको सहभागिता रहने छ ।

राष्ट्रिय प्रतियोगिताका लागि जिल्ला तथा प्रदेशमा छनोट खेलहरु भएका थिए । प्रत्येक टिममा ८–८ जना खेलाडी रहने र लिगकम नकआउटका आधारमा एक दिने प्रतियोगिता हुन लागेको नेपाल डोरी तान संघका अध्यक्ष भवानी पौडेलले जानकारी दिए ।

२०६४ सालमा राष्ट्रिय खेलकुद परिषद् राखेपमा दर्ता भएको टग अफ वार (नेपाल डोरी तान संघ) पछिल्लो एक वर्षदेखि चलायमान भएको छ ।

उसले अन्तर्राष्ट्रिय प्रतियोगिताको रुपमा इन्डो नेपाल टग अफ वार प्रतियोगिता र थाईल्याण्डमा जारी १४ औं एशियन इन्डोर टग अफ वार प्रतियोगितामा सहभागिता जनाएको छ ।

प्रतियोगिताका लागि १५ लाख खर्च लाग्ने पनि सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुलमा हुने प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टोलीले ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१