एक एनआरएनले एक विदेशी साथी नेपाल पठाउनुस् : मन्त्री भट्टराई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० भाद्र २०७६, सोमबार ०६:५४

काठमाडौं । सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन गैरआवासीय नेपाली संघमा आवद्ध सबै नागरिकलाई एक जना विदेशी साथीलाई नेपाल पठाउन आह्वान गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन गैरआवासीय नेपाली संघमा आवद्ध सबै नागरिकलाई एक जना विदेशी साथीलाई नेपाल पठाउन आह्वान गरेका हुन् । उनले सो भ्रमण वर्षलाई सफल बनाउन पर्यटन दूतहरुलाई नियुक्त गरेर अघि बढ्ने कार्ययोजना पनि सार्वजनिक गरे ।

आइतबार भ्रमण वर्षलाई सफल बनाउन सरोकारवाला निकायहरुसँगको छलफलमा मन्त्री भट्टराईले सन् २०२० को जनवरीको पहिलो हप्ता सातवटै प्रदेशबाट एक साथ भ्रमण वर्षको शुभारम्भ गर्ने तयारी गरिएको जानकारी दिए । उनले भ्रमण वर्षलाई सफल बनाउन एक महिनाभित्र त्यसको वेबसाइट तयार गरी सञ्चालन गर्ने पनि बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१