एमआरआईका विषयमा एन्फाका प्रवक्ताले जवाफ दिनु पर्ने थापाको माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०७६, शनिबार १९:५७

दुई साता अघि साफ यू १५ च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टोलीले शनिबार एएफसी यू १६ च्याम्पियनसिपको यात्रा सुरु गर्दैछ । बलियो जोर्डनविरुद्ध खेल्दै नेपालले च्याम्पियनसिपको यात्रा थाल्नेछ ।

यू १६ को छनोटको तयारी रहँदाको अवस्थामा एमआरआईबाट गरिएको हड्डी परिक्षणमा प्रदीपसँगै असिम राई र इश्वर गुरुङ असफल भएपछि नेपाललाई झड्का लागेको थियो ।
एमआरआईबाट तीनै खेलाडी बढी उमेरको भएको रिपोर्ट आएको थियो । प्रदीप जान ताम्लीलाई टोलीको कप्तान बनाइएको छ । प्रदीपको नेतृत्वमा नेपाली युवा टोली भदौ १४ गते साफ यू १५ च्याम्पियनसिपको फाइनलमा पराजित भएको थियो ।
यस्तै अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वअध्यक्ष गणेश थापाले सामाजिक संन्जाल फेसबुक मार्फत खेलाडीहरुको एमआरआईका विषयमा एन्फाका प्रवक्ताले जवाफ दिनु पर्ने भन्दै लेखेका छन् ।


नेपालको लागि २०२० मा हुने एएफसी यू १६ च्याम्पियनसिपको अन्तिम चरणमा छनोट हुन कुनै हालमा सहज छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१