नोजा र राष्ट्रिय खबर डटकमद्वारा टानका नवनिर्वाचित कार्यसमितिलाई ‘बधाई तथा सम्मान’ भव्यताका साथ सम्पन्न (फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०७६, शनिबार ०७:१८

काठमाडौँ । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) ले नयाँ पर्यटकीय गन्तव्य खोजी गर्ने भएको छ । राष्ट्रिय अनलाइन पत्रकार सङ्घ (नोजा) र राष्ट्रिय खबर डटकमले आयोजना गरेको टानको नवनिर्वाचित कार्यसमितिलाई ‘बधाई तथा सम्मान’ कार्यक्रममा पर्वतीय पर्यटनको विस्तारका लागि नयाँ गन्तव्य खोजी गर्ने बताइएको हो ।

कार्यक्रममा टानका नवनिर्वाचित अध्यक्ष खुमबहादुर सुवेदीले पर्वतीय पर्यटन क्षेत्रमा लागेका व्यवसायीको समस्या समाधानका लागि टान लाग्ने बताए । ‘नेपाल भ्रमण वर्ष– २०२० लाई सफल बनाउन टान पर्यटन मन्त्रालय र पर्यटन बोर्डसँग सहकार्य गरेर अगाडि बढ्छ’, उनले भने । आफ्नो संस्था पर्यटन मन्त्रालयसँग दाहिने हात बनेर सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । उनले निर्वाचनमा राखेका प्रतिबद्धता पूरा गर्न नयाँ कार्यसमिति दृढ भएर अगाडि बढ्ने बताए ।

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दीपक महतले टानलाई राजनीतिबाटमुक्त बनाएर अगाडि बढाउनुपर्ने बताए । ‘यो संस्थालाई राजनीति गर्ने थलोभन्दा पनि व्यवसायीको हकहितका लागि लड्ने थलोको रुपमा विकास गरौँ’, उनले भने । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं पर्यटन व्यवसायी रामशरण थपलियाले पर्वतीय पर्यटनको विकासका लागि नयाँ कार्यसमितिले काम गर्नुपर्ने बताए ।

टानका वरिष्ठ उपाध्यक्ष नवीन त्रिताल, महासचिव सरिता लामालगायतले पर्वतीय पर्यटनमा देखिएका समस्या समाधानका लागि नयाँ कार्यसमितिले काम गर्ने बताए । राष्ट्रिय अनलाइन पत्रकार सङ्घका अध्यक्ष मुकुन्दकुमार ढुङ्गानाले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्न नवनिर्वाचित कार्यसमितिसँग आग्रह गरे ।

टानका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना समारोह लाजिम्पाट स्थित माइ ताई रेस्टुरेन्ट एंड बारमा भब्य रुपमा कार्यक्रम राखिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१