कति पैसा बोकेर हिँड्छन् मुकेश अम्बानी ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ भाद्र २०७६, शुक्रबार ०५:४५

धिरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

त्यसोत ‘अम्बानी’ खानदाको मतलव पैसा नै पैसा हो । सामाजिक सञ्जालमा उनी निकै भाइरल भइरहन्छन् । मुकेश अम्बानी ‘राजखानदान’ को जस्तै जीवनयापन गर्न रुचाउँछन् । उनको घर पनि राजमहल जस्तै र धेरै महंगो घरहरु मध्ये गनिन्छ ।

तर तपाईलाई थाहा छ मुकेश घरबाट निस्कदा खल्तीमा कति पैसा लिएर निस्कन्छन् रु यो कुरा सुनेर तपाई अचम्ममा पर्नुहुनेछ । यो कुराको रहस्य उनी आफैले खोलेका हुन् ।

हालै मुकेश अम्बानीले आफ्नो खल्तीको रहस्य पर्दाफास गरेका छन् । उनले बताएअनुसार उनी आफ्नो खल्तीमा न पैसा नै राख्छन् , न त क्रेडिट कार्ड नै । उनको सबै खर्चको बील उनीसँगैको व्यक्तिले तिर्छन् ।

उनले भन्छन्, ‘पैसा मेरोे लागि महत्वपूर्ण छैन, पैसा मात्रै एउटा वस्तु किन बेच गर्ने साधन हो । जसले जोखिम उठाउने काम गर्छ । जसले सबै काम सहज बनाउँछ । म आफ्नो साथमा न पैसा बोक्छु न क्रेडिट कार्ड नै , धेरै कम मान्छेलाई मात्र थाहा छ कि म सानै उमेरदेखि नै साथमा पैसा राख्दैन थिए ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१