कुशल शिक्षक बन्न कस्तो शिक्षा चाहिन्छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ भाद्र २०७६, शुक्रबार ०५:३८

कुशल शिक्षक बन्न कस्तो शिक्षा चाहिन्छ त ?: कुनै पनि विषय पढ्नुभन्दा पहिले विद्यार्थीले आफूभन्दा
जान्नेहरूबाट परामर्श लिनुपर्छ । बुवाआमाले भविष्यमा डाक्टर इन्जिनियर बनाउन चाहेर मात्र हुँदैन विद्यार्थीको
इच्छाअनुसार हुनुपर्छ । अहिले साइन्सको मात्र होइन, विज्ञ हुने हो भने पोलिटिकल साइन्सको पनि उत्तिकै स्कोप रहेको छ ।

कुशल शिक्षक बन्नका लागि शिक्षा पढ्ने हो भन्ने कक्षा ९ र १० देखि शिक्षा ऐच्छिक बिषयको रुपमा पढदै जाने हो भने माथिल्लो कक्षामा बुझ्न अति सजिलो हुन्छ । किनकि मैले आफै कक्षा ९ र १० मा शिक्षा विषय अहिले पढाउदा माथिल्लो तहमा आफुले अध्ययन गरेका धेरै कुराहरू ९ र १० मा समाबेश गरेको पाइयो,त्यसैले मैले यो अनुभव गरिसकेको छु ।

कक्षा १२ उत्तीर्ण गरेर विश्वविद्यालय आउनुपर्छ । बिएड्उ त्तीर्ण भएपछि देशको जुनसुकै विद्यालयमा पनि शिक्षक
बनेर काम गर्न सक्छ । शिक्षक पनि आफ्नो रुचिको विषयमा बन्न सक्छ । १२ कक्षा उत्तीर्ण भइसकेपछि विश्वविद्यालयमा अंग्रेजी, नेपाली, विज्ञान, स्वास्थ्य शिक्षा, जनसंख्या शिक्षा, विशेष आवश्यकता शिक्षा, सूचना प्रविधि शिक्षा, भूगोल शिक्षा, राजनीतिशास्त्र शिक्षा, अर्थशास्त्र शिक्षा जुन विषय मन लाग्छ त्यो पढ्न पाइन्छ । जुन विषयको शिक्षक बन्ने हो त्यसमा बढी ध्यान दिएमा सफल हुन सक्छ । कक्षा ११ र १२ मा पढाउन मास्टर्स डिग्री उत्तीर्ण गर्नुपर्छ । विश्वविद्यालयमा पढाउनका लागि एमफिल, पिएचडी हुनुपर्ने कुरा आएका छन् । शिक्षा पढेर विज्ञ बन्न सक्छ । त्यसैगरी रिसर्चर, प्रोफेसर बन्न सक्छ । प्रोफेसरको विदेशमा झनै सम्मान र महत्त्व पाइन्छ ।

शिक्षक एउटा त्यस्तो व्यक्ति हो, जसले अरूको भविष्य उज्यालो बनाइदिएको हुन्छ । त्यसैले पनि सम्मानित बनेको छ, शिक्षक । विश्वविद्यालयमा बिएड्, एमएड पढ्ने हो भने कक्षा ११, १२ बाटै शिक्षा पढ्दा राम्रो हुन्छ । ११, १२ मा शिक्षामा आधारभूत कुराहरू सिकाइन्छ । कुशल शिक्षक बन्नका लागि शिक्षाका सिद्धान्त, बालमनोविज्ञान जान्न सकिन्छ । बाल मनोविज्ञान बुझेर पढाउने शिक्षक धेरै सफल हुन्छ । त्यसैले कुशल शिक्षक बन्न, देशका कुनाकन्दरामा गएर पढाएर असल गुरु र समाजसेवी बन्न पनि सकिन्छ । कक्षा ११ र १२ मा शिक्षा पढेपछि बिएड्मा पढ्नका लागि पनि सजिलो हुन्छ । ११, १२ मा शिक्षा नपढे पनि बिएड् ,एम एड पढ्न पाइन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१