ट्रिपरले किन मान्छे धेरै किच्छ ? यस्तो छ कारण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ भाद्र २०७६, शुक्रबार ०५:१३

ट्रिपर दुर्घटना खबर हाम्रा लागि नयाँ होइनन् तर तर्साउँने भने चै हुन् । तपाई मोटरसाइकल चलाउँनु हुन्छ भने त ट्रिपरले गराएको दुर्घटनाले तपाईलाई झन् तर्साउँन सक्छ । हुन पनि ट्रिपरले गराउँने दुर्घटनाको तरिका र गति एकदमै धेरै छन् । हाम्रोमा दिनहुँ जसो नेपाल भित्र कतै न कतै ट्रिपर दुर्घटना हुने गर्छ । यसैकारण काठमाण्डौँ उपत्यकाभित्र त राती मात्रै ट्रिपर चलाउँन अनुमति दिएको छ । नेपाल भरि नै यसो गर्नु पर्छ भन्ने माग पनि बढिरहेको छ ।

ट्रिपर दुर्घटना हुने कुरामा हामीले थाहा पाएका कारणहरु :
हामी धेरै जसोलाई ट्रिपर दुर्घटना हुनुका केहि कारणहरु थाहा छ । ति कति विश्वासिला वा उपयुक्त हुन् भन्नेमा हामी धेरैलाई थाहा हुन्न तर चलनचल्तीमा भएका केहि कारणहरु यस्ता छन् :

१. ट्रिपर चालकहरु बाइस पच्चिस बर्षका अल्लारे हुन्छन् र तिनले एकदमै अनियन्त्रितरुपमा ट्रिपर चलाएर दुर्घटना गराउँछन् ।

२. पैदल यात्रु वा साइकल वा मोटरसाइकलले पनि सडक नियम मान्दैनन् र दुर्घटना हुन्छ ।

३. ट्रिपरलाई हरेक ट्रिपको भत्ता आउँछ र एकदिनमा धेरै ट्रिप लगाउँन साह्रै हुइँकाउँछन् ।

४. हाम्रो नेपालको बाटो नै काम नलाग्ने छ ।

५. कडा कानुन छैन र ट्रिपरले छुने बित्तिकै ब्याक सारेर पनि किच्छ ।

तर हामी मध्ये धेरैलाई थाहा नभएको कुरा भने फरक छ । त्यो हो, ब्लाइन्ड स्पट । ब्लाइन्ड स्पटलाई नेपालीमा भन्दा कुनै पनि चालकले आफ्नो ठाउँबाट नदेख्ने गाडी वरिपरिको क्षेत्र भन्ने बुझ्नु पर्छ । गाडीको वरिपरि केहि यस्ता ठाउँहरु हुन्छन्, जसमा ड्राइभरले ऐनाबाट वा कुनै पनि तरिकाले देख्न सक्दैन । त्यस्तोमा अचानक कुनै वस्तु आइपुगे दुर्घटना हुन सक्छ ।

खास गरि मोटरसाइकलमा हुनेहरुले ट्रिपर नजिकैबाट मोटरसाइकल कुदाउँने हुनाले यस्तो दुर्घटना अत्याधिक हुन्छ ।

प्रतिक्रिया