लसुन-प्याजका यति धेरै फाइदाहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ भाद्र २०७६, शुक्रबार ०५:१०

लशुन प्याजमा शरीरलाई फाइदा गर्ने महत्वपूर्ण गुण हुने चिकित्सकहरु बताउँछन् ।लशुनमा कीटाणुहरूलाई मार्ने विशेष तत्त्व हुन्छ भन्ने कुरा अमेरिकी वैज्ञानिकहरूले आफ्नो अनुसन्धानबाट देखाएका छन् । लशुनमा शरीरभित्र रहेका कीटाणुलाई मार्ने तत्त्व मात्र होइन, शरीरमा बढी मात्रामा रहेको एक प्रकारको बोसो कम गर्ने तत्त्व पनि हुन्छ । शरीरमा कोलेस्टेरोलको मात्रा बढी बन्दा मुटुका विभिन्न रोग लाग्छन् । शरीरमा कोलेस्टेरोलको मात्रा घटाउन लशुनको उपयोगिता सिद्ध भइसकेको छ ।

यसैले मुटुका रोगीहरूका निम्ति औषधि र विशेष प्रकारको भोजनको सल्लाह दिँदा डाक्टरहरूले दिनहुँ चार पोटी लशुन खाने सल्लाह पनि दिन्छन् । यसैगरी उच्च रक्तचापका बिरामीलाई पनि नियमित औषधि सेवन गर्ने, दैनिक रूपमा शारीरिक व्यायाम गर्ने, मानसिक तनाव आदिबाट मुक्त रहने तथा भोजनमा परिवर्तन गर्नुका साथै लशुन खाने सल्लाह दिइन्छ । लशुनमा एक विशेष प्रकारको तेल हुन्छ, जसबाट एक प्रकारको गन्ध आउने गर्छ ।

धेरै मानिस उक्त गन्ध मन नपरेर लशुन खाँदैनन् । तर, त्यही गन्धयुक्त तेलमा नै औषधीय गुण हुन्छ । लशुनमा रहेको तेलले बोसो घटाउन र उच्च रक्तचापलाई कम गर्नमा ठूलो मद्दत पुर्‍याउन सक्छ । लशुनमा हुने अनेकौं गुणहरूले नै आयुर्वेदमा यसलाई सर्वौषधि भनिन्छ । लशुनमा भएको विशेष तेलले पेटमा रहेका कीटाणुहरूलाई पनि नष्ट पार्छ । पेट खराब भएको बेलामा लशुन हालेको जाउलो बनाएर खाने चलन हाम्रो समाजमा अझै पनि भेटिन्छ |

लशुनमा भएको तेलले रोगसँग लड्ने क्षमता पनि बढाउँछ, जसलाई शरीरको प्रतिरोधात्मक शक्ति भनिन्छ । यो प्रतिरोधात्मक शक्ति शरीरमा कम हुँदा हामीलाई रुघाखोकी लागिरहने समस्या हुन्छ । रुघाखोकी लागेका बेलामा लशुनको सूप बनाएर खाने चलन युरोपमा छ । शरीरको बाहिरी अङ्गमा घाउ निको पार्न पनि लशुनको प्रयोग गरिन्छ । दोस्रो विश्वयुद्धताका युद्धमा घाइते भएका सिपाहीहरूको घाउ निको पार्न लशुनको लेप प्रयोग गरेका थिए । लशुन(प्याजमा भएको विशेष तत्त्वले पखाला रोक्न पनि मद्दत गर्छ । पखाला लागेको बेलामा दही, लशुन र प्याजको मिश्रण अलिअलि गर्दै दिनमा तीन(चार चोटि ख्वाउनु उचित हुन्छ । प्याजको यही गुणलाई थाहा पाएर यसबाट विशेष प्रकारको घरेलु औषधि बनाएर प्रयोग गर्ने गर्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१