युवा शन्देश रचनाकार-माधव ढुंगेल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ भाद्र २०७६, शुक्रबार ०४:२७

नराम्रोमा मन लगाउँने,दोशी चश्मा हाम्रो !

परिवर्तन गर्दै नजर, खोजौं राम्रो राम्रो !!

विरोध गर्नै पर्छ भन्ने, सोच्नु हुन्न कहिले !

सवै मिलि देशको विकास, गर्नु पर्छ पहिले !!

उठ्नु पर्छ जुरुक्कै मुठ्ठी कसेर-गर्नु पर्छ उद्यम हुन्न वसेर !!

पैसा साटे वरावरी, ज्ञान साटे भारी !

जीवनको मुल्य कति, हेरौं वारीपारी !!

सेकेण्ड-सेकेण्ड समयको, मुल्य कति मंगो !

जीउने काल थोरै हुन्छ, किर्ति राखौं राम्रो !!

जुट्नु पर्छ युवा हो मौरी वनेर-गर्नु पर्छ उद्यम कर्मी वनेर हाम्ले सधैं गरी रह्यौं, स्थीरताको खोजी ! वल्ल आए नेपालमा, जन प्रतिनिधि !!

तिनै तह सरकारको, गतिशील भा छ ! चाहिएको विकास हाम्ले, खोजी ल्याउन पाछ!!

हिड्नु पर्छ सरर घोडा वनेर- सुझाव दिदै, सहयोग गर्दै अघि वढेर गुन्यु चोली फरिया र पटुकीको फेरो !

दौरा-सुरुवाल, कोट-टोपी, राष्ट्रीयता मेरो !! गुराँस फुल्छ जंगलमा, डाँफे-मुनाल च्याउँछ ! लेकमा चर्छ चौंरी गाई, हाम्रो हिमाल हाँस्छ !!

।उड्नु पर्छ हुरूरू चरी वनेर-आफ्नो काम आफैंले गर्छु भनेर जडीवुटी, पर्यटन, कृषी हाम्रो धन !

उर्जावाटै देश वन्छ, परदेश नलाउ मन !! खनिज हाम्रो अपार छ, वातावरण राम्रो ! हामी मात्रै राम्रा भइदिम, वन्छ देश हाम्रो !!

फर्क्यौ अव युवा हो, देश सम्झेर-मातृभूँमी वनाउ है सवै मिलेर दुई खर्वको आयात हुन्छ, कृषीजन्य माल !

अरवौंको काठ किनिन्छ, खेर जान्छ साल !! वीस अर्वको रोजगारी, छिमेकीलाई दिने ! शैलनमा कपाल कटाई, हामी मजा लिने !!

गर्नु पर्छ परिश्रम, आफ्नै देशमा-वन्छ हाम्रो पहिचान आफ्नै भेषमा खेतवारी वाझै भयो, हलि खोज्छन् वाउले !

विहानै देखी जागिर खोज्न, छोरो शहर धाउने !! हैरान भै वाउ फर्कन्छन, नपाएर हलि ! जागिर नपाइ छोरो फिर्ता, चाल यस्तो छ नि !!

अरु देशमा जे गर्न, तयार हुनेले- आफ्नै देशको माटोमा खेल्न नहुने ! युवा हो!!! आफ्नै खेत जोतेर, पैसा कमाउने- सवैमा यो सन्चार छिटो पुर्याउने !!!

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१