माइक्रोसफ्टले ल्यायो नोकिया X2 ड्यूल सिम फोन : भिडियो सहित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ भाद्र २०७१, आईतवार १६:१६
काठमाडौं, माइक्रोसफ्टले छिमेकी मुलुक भारतमा नोकिया X2 ड्यूल सिम स्मार्टफोन सार्वजनिक गरेको छ । यस फोनको मूल्य ८६९९ भारतीय रूपैया अर्थात नेपाली रूपैयाँ १३ हजार ९ सय १८ पर्ने बताइएको छ ।
यो ऐन्ड्रोइडको निकै परिवर्तित अपरेटिङ सिस्टममा काम गर्दछ । यसले जीमेल र गूगल कन्ट्याक्ट्स जस्ता गूगलका सर्भिसेजलाइ सपोर्ट गर्ने नोकिया X सफ्टवेयर प्लेटफर्म v2.1.0.11 मा रन हुन्छ । जबकि नोकिया X मा यी सर्भिसेज सपोर्ट हुँदैनथ्यो । यसमा तपाइँ ऐन्ड्रोइड एप्स त इन्स्टल गर्न सक्नुहुन्छ, तर गूगल प्ले बाट भने हैन ।
यसमा स्क्रीनको तल दुइ बटन – होम र ब्याक – दिइएका छन, जबकि नोकिया X मा एक मात्र बटन थियो । होम बटनले तपाइँलाइ होम स्क्रीनमा लैजान्छ । ब्याक बटन तपाइँलाइ ब्याक मोडमा लैजान्छ । तर यसमा धेरै बेर दवाइराखेमा खुलेका सबै एप्स देखिन्छ । नोकिया X2 ड्यूल सिममा 480×800 पिक्सेल्स रेज्यूलूशन भएको 4.3 इन्चको डिस्प्ले, 1.2 गीगाहर्त्ज ड्यूल-कोर क्वालकाम स्नापड्रेगन 200 प्रोसेसर र एक जीबी र्याम छ । नाम अनुसार यसले ड्यूल-सिम सपोर्ट गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १५, २०८१